७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाको घटनालाई ‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा

२३ माघ २०८१, बुधबार १७:५९

काठमाडौँ | झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ।

पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ।

काउन्सिलले पत्रकारिताका मूल्य मान्यता विपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गरेको छ। साथै, गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी दिँदै जिम्मेवार पत्रकारितामा ध्यान दिन सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी