३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

२५ माघ २०८१, शुक्रबार १२:२६

काठमाडौँ | त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। टियू मैदान कीर्तिपुरमा नेपाल कम्तिमा एक जितसहित प्रतियोगिताको सुखद अन्तको प्रतीक्षामा रहेको छ।

नेपाल अघिल्ला ५ खेलमा पराजित भएको छ। नेदरल्यान्डसँग सबै ३ खेल हारेको नेपाल यसअघि भएका थाइल्यान्डविरुद्धका २ खेलमा समेत पराजित भएको थियो। नेपाल र थाइल्यान्डबिचको खेलबाट सिरिजको विजेताको समेत छिनोफानो हुनेछ।

सिरिजमा नेदरल्यान्ड्स र थाइल्यान्डको समान ३-३ जित सहित ६ अङ्क रहेको छ। नेटरनरेटमा थइल्यान्ड अघि रहेको छ। आजको खेलमा जित निकाले थाइल्यान्ड च्याम्पियन बन्नेछ। नेपालले फराकिलो अन्तरको जित निकालेमा नेदरल्यान्ड्स च्याम्पियन बन्नेछ।

घरेलु मैदानमा नेपालले भने विर्सनलायक प्रदर्शन गरेको छ। खेलअवधिभर फिल्डीङ, ब्याटिङ र बलिङ तीनै पक्षमा नेपाल कमजोर सावित हुँदा जितविहीन बनिरहेको छ। प्रतियोगिताको सुखद अन्तको लक्ष्य राखेको नेपाल कम्तिमा एक जितको खोजिमा मैदान उत्रिँदै छ।

नेपालले आजको खेलमा अघिल्लो टिममा दुई परिवर्तन गरेको छ। आजको खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीलाई मौका दिएको छ। राजमतिको यो राष्ट्रिय टिममा डेब्यु समेत हो।

अघिल्लो खेलमा टिममा रहेका ममता चौधरी र रोमा थापालाई बेन्चमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली