2026-09-19 02:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरिजको अन्तिम खेलमा थाइल्यान्डलाई नेपालले दियो ८२ रनको लक्ष्य

काठमाडौँ | त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डलाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन्। उनले २९ बलमा एक चौकाको मद्दतमा उक्त रन बटुलेकी हुन्। बिन्दु रावलले ७, पूजा महतो ६, रुविना क्षेत्री १ र कप्तान इन्दु बर्माले १० रन जोडिन्।

कविता जोशीले १४ रन बनाउँदा सीता राना मगर ७ र राजमती ऐरी ११ रनमा नटआउट रहिन्। एलिसा यादव पहिलो बलमै आउट भइन्।
थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ विकेट लिँदा सुलीपोर्न लाओमी, नटाया बुचाथाम र चानिदा सुथिरुअङ समान एक विकेट लिए।

थाइल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
नेपालले यसअघि खेलेका ५ वटै खेलमा पराजित भएको छ। थाइल्यान्डले ४ खेलमा जित र एक खेलमा पराजित भएको छ। नेपाल उपाधि होडबाट बाहिरिँदा थाइल्यान्ड सबैभन्दा बलियो देखिएको छ।

नेपाल नेदरल्यान्डसँग तीनै खेलमा पराजित हुँदा थाइल्यान्डसँग पनि यसअघिका दुवै खेलमा पराजित भएको छ।

यसअघि नेपाल पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा ५ रनले पराजित भएको छ।

नेपाललाई आजको जितले सान्त्वना मात्रै हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई