2026-09-08 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतारको घोषणा

काठमाडौँ | कतार सरकारले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई आफ्नै देश फर्कन आममाफीको घोषणा गरेको छ। फेब्रुअरी ९ देखि लागू हुने यो आममाफी तीन महिनासम्म जारी रहने कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।

कतारमा भिसा नियम उल्लंघन गरेका, कम्पनी छोडेर लुकीछिपी काम गरिरहेका तथा कतारी आइडीको नवीकरण नगरेका व्यक्तिहरूलाई जरिवाना वा जेल सजायबिना नै आफ्नो देश फर्कन मौका दिइएको छ। आममाफी अन्तर्गत लाभ लिन चाहनेहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडस्थित सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ देखि राति ९ बजेसम्म निवेदन दिन सक्नेछन्।

सन् २०१५ को आप्रवासी नियमन कानुन अन्तर्गत यो प्रक्रिया थालनी गरिएको हो। यसबाट कतारमा गैरकानुनी रूपमा रहेका नेपाली नागरिकहरू पनि लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित