Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

आज प्रतिताेला २७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो ।

मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।