२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा अलपत्र नेपालीको समाचार लेख्ने पत्रकारलाई दुतावासले पीत पत्रकारीता भनेपछि…

२०७४, ८ श्रावण आईतवार १५:०७

साउन ८, युएई । रोजगारका लागि खाडी मुलुक मध्ये नेपालीहरुको पहिलो रोजाई मानिने युएई, जहाँ विभिन्न नेपाली संघ संस्थाहरु माझ नयाँ घटनाक्रमको चटक पनि देख्न पाइन्छ । 

यसपाली भने युएई रोजगारमा रहेका कामदारको सुरक्षार्थ युएइमा रहेको सरकारी निकाय दुतावास र युएइमा रहेर पिडितको पक्षमा कलम चलाउने पत्रकारहरु बिच शित युद्द सुरु भएको छ।

यसपालिको शित युद्दको उठान भिजिट भिसामा सेटिंङ्ग  मिलाएर केहि दलालहरुले युएई पुर्याएका नेपालीहरु बिपतपर्दा समयमा उद्दार नहुन सक्दा चर्किएको हो।

काठमाडौं ठमेलमा रहेको अर्थलाइन ट्राभल्स र उक्त्त ट्राभल्सको युएइ एजेन्ट साजन भनिने प्रेम पाण्डेले १९ जना नेपाली कामदारहरुलाई युएई ल्याएर अलपत्र पारेपछि गत जुलाई ४ तारीखका दिन नेपाली दूतावास अबुधाबीमा अाफूहरूलार्इ उद्धार गरि दलाललार्इ कारबाही गरिपाउँ भन्ने निवेदन दिएका थिए ।

दूतावासले पिडितहरुको मुद्दालाई एक हप्ताभित्रै सुल्जाउने पिडितलाई आश्वासन दिएपनि दुई हप्ता सम्म बेवास्ता गरेपछी मिडियामा समाचार प्रकाशित भएका थिए। मिडियामा आएको समाचारको खण्डन गर्दै दूतावासले एक विज्ञप्ति जारी गरेको छ।

बिज्ञप्तिमा भनिएको छ, “आफ्नो साधन स्रोतले भ्याए सम्म समस्या समाधान गर्न भगिरथ प्रयास गर्दागर्दै पनि केहि मिडियाका अनलाइन संस्करणहरुले समस्या समाधान गर्न पहल नगरेको, दुतावासका कर्मचारीहरु संग परिचय सम्म नभएका एजेन्ट सित उठबस गरेको, मिलेमतो गरेको भनि प्रकाशित समाचार भ्रामक, तथ्यहीन, दूतावासको असल नियत र सेवाप्रति पुर्बाहग्रहीयुक्त देखिन्छ।”

नबुझी समाचार प्रकाशन गरिएको भन्दै पित पत्रकारिताबाट टाढा रहन आग्रह समेत गरिएको छ।

पत्रकारहरु बिरोधमा उत्रिए

राजदुतले पित पत्रकारिता भने पछी युएइमा रहेका पत्रकारहरु बिरोधमा उत्रिएका छन्। पिडितको मुद्दा ढाकछोप गर्न पित पत्रकारिताको संज्ञा दिएको भन्दै पत्रकारहरु सामाजिक संजालमा खुल्ला बिरोधमा उत्रिएका छन्।

नेपाल पत्रकार महासंघ युएई शाखाका वर्तमान अध्यक्ष भुपराज बस्यालले “मजदुरका समस्या लेख्दा पित पत्रकारिता, अब भात खाएको भन्दा अरु समाचार नलेख भन्ने हो…? भन्दै आफ्नो फेसबुकमा बिरोध जनाएका छन्।


पत्रकार महासंघ युएई शाखाका बर्तमान सचिप मेघराज सापकोटाले कडा सब्दमा बिरोध जनाएका छन्, उनले आफ्नो फेसबुकमा लेखेका छन् हेर्नुहोस उनको भनाइ जस्ताको त्यस्तै:-

“नेपाली दुताबास गोजीमा छ ।” भन्ने दलाललाई बोलाई सम्मान गर्नुस अब राजदुत ज्यु । २० हजार दिराम घुस खुवाएर ज़मीन मुनी धस्काईदिन्छु भन्ने तस्करलाई “बाबु, हस बाबु” भन्दै ५/५ मिनेटमा दुताबासको खबर अपडेट गर्ने र पिडितलाई “नेपालमा तिमीहरुलाई पनि कारबाही हुन्छ” भनेर पिडितलाई डर देखाउने कर्मचारीलाई बढुवा गरोस मेरो सरकारले । नक्कली कागजात पेश गरी श्रम स्टिकर टाँस्ने ट्राभल्सलाई बर्ष अवार्ड र कर्मचारीहरुलाई पदोन्नति होस भनेर लेखेको भए पीत पत्रकारिता हुने थिएन ।

दलाल र यिनका मतियारहरुलाई पैसा भए पुग्ने । मानबता त पोलेर खाए यिनले । पिडितसँग एक छाक खाने चामल छैन त्यो देखेनन् । त्यो तस्करलाई डिपोर्ट गर्न कसले रोकेको छ ? दहुना गाई बनाएर राखेका मान्छेलाई कारबाही गर्न हिम्मत हुनु परेन ?

पत्रकारले सुरक्षा र गोपनिताको स्थिति हेरेर श्रोत खुलाएर र नखुलाईकन पनि लेख्छन । हामीसँग धेरै कुराहरु सुरक्षित छन् । पिडित आफैं हाज़िर भएर बयान दिए, तस्करले स्वीकार गर्यो, हैन अरु प्रमाण के चाहियो हो ? “पहेंलो हो कि रातो” हो त्यसको पुस्टी गर्नै पर्ने भो । हेर्नुस पिडितले दिएको निबेदन उपर दुताबासको सम्बोधन ।

त्यस्तै पत्रकार महासंघकै उपाध्यक्ष लक्षमण खनालले बिरोध स्वरूप आफ्नो फेसबुकमा यस्तो लेखेका छन “दुताबासका कर्मचारीको मिलेमोतो छ भनेर विज्ञप्ति निकाल्न मिलेन होला । बरै । जे होस विज्ञप्ति आएछ आउनुपर्ने समयमा । सरकार अन्धो छ । न्याय र सत्यताका लागि आवाज उठाउनेहरु सधैं कुहिरोका काग बनिरहेकाछन । आखिर कहिले सम्म ????? ”


यसरि नै बिरोध जनाउनेहरुमा पत्रकार उमाकान्त पाण्डेले पनि दुताबासको बिज्ञप्तिमा प्राबिधिक गल्ति औल्याउदै आफ्नो फेसबुकमा यस्तो लेखेका छन् “लाज लाग्यौ । न मिति छ, न जारी सख्या नम्बर छ, न नियोग प्रमुखको नाम छ । हिजो समाचार लेख्ने बेला पत्रकारलाई धन्यवाद । आज तीनै पत्रकारलाई पित पत्रकार । नेपाली दुतावास उ.. गर्ने लाई भन्दा …. देख्नेलाई लाज भो ।”


यसरि युएइमा रहेका अन्य पत्रकारहरु पनि बिरोधमा उत्रिएका छन्। युएइमा अबैधानिक रुपमा आफ्नो अस्तित्व जमाएको नेपाल पत्रकार महासंघ युएई शाखाले भने अहिले सम्म संस्थागत मौन जनाएको छ, भलै उक्त संघका जिम्मेवार व्यक्तिहरुले बिरोध जनाए पनि संस्थागत बिरोध भने आएको छैन, त्यो भने हेर्न बाँकी छ।

हेर्नुहोस दुताबासको बिज्ञप्ति यस्तो छ




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह