Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ किनबेच?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० ले बढेको हो ।

बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।