२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशुलीमा मोटरसाइकल खस्यो, चालकको पहिचान खुल्यो

२०८१, २ फाल्गुन शुक्रबार १३:४३

काठमाडौँ | मुग्लिङ-नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। चितवन प्रहरीका अनुसार बेपत्ता चालकको पर्समा भेटिएको कागजातका अनुसार उनी भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेको पुष्टि भएको छ।

उनको पर्समा फेला परेको भारतीय र कार्डअनुसार उनी लम्जुङ घर भएका २७ वर्षीय रोहित राना हुन्। शुक्रबार (आज) बिहान ११ः३० बजेतिर नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीर भन्ने स्थानबाट नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेका हुन्।


राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै रहेको प्रहरीले जनाएको छ। बेपत्ता उनको खोजीकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनास्थलनजिकै माछा मारिरहेका माझीहरूले सडकबाट मान्छे उछिट्टिएको देखेको बताएका छन्। सोही आधारमा सशस्त्रको गोताखोरको टोली, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ