2026-09-08 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेबनानमा आक्रमणमा परेका नेपाली उपरथी ढकाल डिस्चार्ज

काठमाडौँ | संयुक्त राष्ट्रसंघको शान्ति मिसन युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) अन्तर्गत कार्यकाल पूरा गरेर स्वदेश फर्किने क्रममा प्रदर्शनकारीको आक्रमणमा घाइते भएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल उपचारपछि डिस्चार्ज भएका छन्।

बेरुतस्थित यूएनको लेभल थ्री अस्पतालमा उपचारपछि उनलाई आइतबार डिस्चार्ज गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिएका छन्। प्रवक्ता केसीका अनुसार ढकाल अब स्वदेश फर्कने तयारीमा छन्।

शनिबार मध्यराति, नाकुरा स्थित युनिफिल फोर्स हेडक्वार्टरबाट विमानस्थलतर्फ जाँदै गर्दा उपरथी ढकाल प्रदर्शनकारीको आक्रमणमा परेका थिए। ढकाल सवार गाडीलाई प्रदर्शनकारीले रोकेर उनलाई निकालेर कुटपिट गरेका थिए, जसका कारण उनको टाउकोमा चोट लागेको थियो।

आक्रमणका क्रममा गाडीमा रहेका थप चार नेपाली शान्ति सैनिक पनि सामान्य घाइते भएका थिए। लेबनानी सेनाले ढकाललाई उद्दार गरी अस्पताल पु¥याएको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार, लेबनानमा अहिले इरानबाट आएको यात्रुविमानलाई बेरुत अवतरण अनुमति नदिएको निर्णयको विरोधमा प्रदर्शन भइरहेको छ।

लेबनानी सरकारी अधिकारीहरूका अनुसार, इरानले सो उडानमार्फत हिज्बुल्लाहलाई नगद पठाउने गरेको आशंका गर्दै विमानलाई प्रतिबन्ध लगाइएको हो। इजरायली सेनाले पनि यसअघि इरानले नागरिक उडानमार्फत हिज्बुल्लाहलाई नगद तस्करी गर्ने गरेको आरोप लगाएको थियो।

यस निर्णयको विरोधमा प्रदर्शनकारीहरूले राजधानी बेरुतसहित विमानस्थल जाने मार्ग र अन्य मुख्य सडकहरू अवरुद्ध पारिरहेका छन्। यही क्रममा उपरथी ढकालको गाडी पनि प्रदर्शनकारीको निशानामा परेको थियो।

लेबनानी अधिकारीहरूले उक्त आक्रमणमा संलग्न कम्तीमा २५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित