२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

५ फाल्गुन २०८१, सोमबार १५:२९

काठमाडौँ | सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ । आज बजार करिब ३० अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको छ । नेप्से १.१० प्रतिशतले बढ्दा कारोबार १० अर्ब बढी पुगेको छ । १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०२ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८६१ पटका शेयर किनबेच भएको छ ।

आज ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

१३ वटा समूहमध्ये फाइनास, हाइड्रो र ट्रेनिङ बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स ०.८४ प्रतिशतले, हाइड्रो ०.१५ प्रतिशतले र ट्रेनिङ १.२७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी अन्य समूह २.४७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी समूह ०.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह २.१६ प्रतिशतले, विकास बैंक ०.३३ प्रतिशतले, होटेल तथा पर्यटन २.२९ प्रतिशतले, जीवन बीमा ०.८९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.७७ प्रतिशतले, लघुवित्त २.४५ प्रतिशतले, म्युचुअल फण्ड ०.५२ प्रतिशतले र निर्जीवन बीमा १.०७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो