2026-09-08 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिसामा नेपाली विद्यार्थी मृत फेला, छानबिन माग गर्ने नेपाली विद्यार्थीहरू कलेजबाट निष्काशित

काठमाडौँ | भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छन्।

केआइआइटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल कलेजको होस्टेलमा मृत फेला परेकी हुन्।

कलेज प्रशासनले प्रकृतिले आत्महत्या गरेको दाबी गरे पनि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले भने उनको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न माग गरेका छन्।

आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई कलेजले निष्काशन गरेको छ। घटनाको विरोध गर्ने र छानबिन माग गर्ने नेपाली विद्यार्थीहरूलाई सुरक्षाकर्मीले दमन पनि गरेका छन्।

‘नेपाली विद्यार्थीहरूलाई कलेज छाड्न आदेश दिइएको छ,’ कलेजको विज्ञप्तिमा छ।

यता नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले आफूलाई भारतमा निधन भएकी नेपाली विद्यार्थीको बारेमा बोल्न खोज्दा संसद्‌मा समय नपाएको भन्दै आपत्ति प्रकट गरेकी छन्।

पटकपटक बोल्न खोज्दा पनि समय नपाएपछि उनी संसद् बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्।

संसद् बैठक बहिष्कार गरेर निस्किएपछि उनले भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र त्यहाँबाट निकालिएका नेपाली विद्यार्थीको बारे बोल्न खोज्दा समय नपाएको भन्दै आपत्ति प्रकट गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा भनेकी छन् – ‘यो विषय आकस्मिक समयमा उठाउन आवश्यक ठान्नु भएन सभामुखले। बरू प्रधानमन्त्रीलाई कस्तो प्रश्न सोध्ने भन्ने विषय बढी महत्त्वपूर्ण ठान्नुभयो।’

सांसद् श्रेष्ठले नेपाली विद्यार्थीहरूलाई अप्ठ्यारो अवस्थामा संयमित हुन पनि आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित