२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप: लेबनानलाई ३-१ ले हराउदै म्यानमारको विजयी सुरुआत

५ फाल्गुन २०८१, सोमबार १६:२१

काठमाडौँ | अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) मा म्यानमारले विजयी सुरुआत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट भएको प्रतियोगीतामा म्यानमारले लेबनानलाई ३-१ ले हरायो ।

म्यानमारले खेलको ५७ मिनेटमा अग्रता लिएको थियो । कप्तान विन थेइङ्गगी तुनले एजबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएकी थिईन् । मे हेट मोन माइन्टले दिएको पासलाई सदुपयोग गर्दै विनले गोल गरेकी थिईन् ।

लगत्तै खेलको ६०औं मिनेटमा लेबनानले बराबरी गोल फर्काएको थियो । लाएला इस्कानडरले गोल गरेकी हुन् । इस्कानडरले मैदानको मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बिट गर्दै गोल गरेकी हुन् ।

म्यानमारले ७२औं मिनेटमा अग्रता दोब्बर बनायो म्यानमारले फेरि अग्रता लिएको छ । स्वेयी तुनलेयुपेर खिनेले दायाँ भागबाट दिएको क्रसमा हेड मार्फत गोल गरेकी हुन् । उनी हाफ टाइमपछि मैदान प्रवेश गरेकी थिइन् । ७५औं मिनेटमा पुन अर्को गोल गर्दै म्यानमारले खेल ३-१ ले आफ्नो पक्षमा पार्यो । सान थव थवले ७५औं मिनेटमा गोल गरेकी हुन् ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ५ मिनेटसम्म कुनै थप गोल गर्न नसक्दा लेवनानले हार ब्यहारेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा नेपालसहित लेवनान, किर्गिस्तान र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो