२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किर्गिस्तान विरुद्ध सावित्रालाई बेन्चमा राख्दै नेपालले घोषणा गर्‍यो प्लेइङ ११

५ फाल्गुन २०८१, सोमबार १८:०९

काठमाडौँ | आजबाट घरेलु मैदानमा सुरु भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तान विरुद्धको प्लेइङ ११ सार्वजानिक गरेको छ।

नेपालले घोषणा गरेको टिममा आजै मात्र काठमाडौं आइपुगेकी सावित्रा भण्डारीलाई बेन्चमा राखेर प्लेइङ ११ घोषणा गरेको हो।
नेपाली टोलीमा गोलरक्षक एञ्जीला सुब्बा, निशा थोकर, गिता राना, बिमला बिके, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, विमला चौधरी, सविता राना, रश्मी घिसिङ र रेखा पौडैल।

नेपाल गत कार्तिकमा भएको साफ च्याम्पियनसिप पछि घरेलु मैदानमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। फिफा विन्डोमा हुने प्रतियोगिता भएकाले यो प्रतियोगितामा हुने प्रदर्शनले बरियतामा समेत असर पार्नेछ।

दक्षिण एसिया बाहिर गत वर्ष साउदी अरब वाफ च्याम्पियनसिपको फाइनल खेलेपछि नेपाली महिला टिमको भव्य प्रसंशा भएको थियो। त्यसपछि साफ च्याम्पियनसिपको पनि फाइनल खेलेको नेपाल उपाधि जित्न भने १२ पटक फाइनल पुग्दा समेत असफल भएको छ।

मैत्रीपूर्ण खेल नै भए पनि नेपाली महिला टिम साफ च्याम्पियनसिपमा जित्न नसकेको उपाधिको खडेरी कम्तिमा यो प्रतियोगितामा टार्ने प्रयासमा हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो