२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको घोषणापछि तीन सातामा अमेरिकाबाट २३ नेपाली डिपोर्ट

२०८१, ६ फाल्गुन मंगलवार १४:१६

काठमाडौँ | अमेरिकी प्रशासनले कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने अभियानअन्तर्गत पछिल्ला केही सातामा २३ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चार महिला र १९ पुरुषलाई अमेरिका सरकारले नेपाल फिर्ता पठाएको हो।

ट्रम्प प्रशासनले अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ। अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो। त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो। डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ। डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छाड्ने गरेको छ। त्यसरी छाडिएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्दै आएको छ।

विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार, जनवरी २२ यता २३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। पछिल्लो पटक फेब्रुअरी १७ मा एक जना नेपाली काठमाडौं आइपुगेका थिए। यसअघि, जनवरी २२ र २४ मा १/१ जना, जनवरी २९ मा १ जना, जनवरी ३० मा २ जना, जनवरी ३१ मा १ जना, फेब्रुअरी १ मा ३ जना, फेब्रुअरी ५ मा ३ जना, फेब्रुअरी ६ मा २ जना, फेब्रुअरी ८ मा ६ जना, फेब्रुअरी १६ मा २ जना नेपाल फर्काइएको थियो।

डिपोर्ट भएका नेपालीहरू मानव तस्करमार्फत अमेरिका पुगेका वा भिसाका विभिन्न कार्यक्रममार्फत अमेरिका प्रवेश गरेर उतै लुकेर बसेका थिए। नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूबाट गिरोहबारे सूचना प्राप्त गर्न सोधपुछ गरिरहेको छ।

‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न ठगीमा पारिएका नेपालीहरूले मोटो रकम बुझाउने गरेका छन्,’ प्रवक्ता आचार्यले भने, ‘नेपाल, एसिया, अफ्रिका हुँदै दक्षिण अमेरिका पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने योजनामा संलग्न गिरोहहरूको सञ्जाल रहेको अनुसन्धानबाट खुलेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक