2026-07-25 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकुंभ मेला : गंगा-यमुना नदीमा फेकल कोलिफर्म बढ्यो, यो शरीरमा पुग्यो भने हुन सक्छन् यी जोखिमहरू ?

काठमाडौँ | उत्तर प्रदेशको प्रयागराजको गंगा नदीको पानी गुणस्तर स्नानका लागि असुरक्षित रहेको पाइएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको रिपोर्टअनुसार, गंगाको पानीमा फिकल कोलिफर्म (Faecal Coliform) को मात्रा अत्यधिक उच्च रहेको जनाएको छ, जसका कारण पानी नुहाउनयोग्य नभएको हो।

सोमबार राष्ट्रिय हरित न्यायाधिकरण (NGT) लाई बुझाइएका प्रतिवेदनमा केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले प्रयागराजका विभिन्न स्थानहरूमा लिइएका पानीका नमुनाहरूले स्नानका लागि असुरक्षित रहेको जानकारी दिएको हो।

विशेषगरी संगम नजिकका दुवै नदीका धेरै ठाउँमा यो ब्याक्टेरियाको स्तर बढेको पाइएको थियो । यसको उपस्थितिले अन्य रोगजन्य जीवाणुहरू जस्तै भाइरस साल्मोनेला, र ई. कोलाईको सम्भावित उपस्थितिलाई जनाउँछ, जसले गम्भीर रोगहरू निम्त्याउन सक्छ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार सीपीसीबीले आफ्नो रिपोर्टमा प्रयागराजमा रहेको गंगा फेकल कोलिफर्म ब्याक्टेरियाले दूषित भएको बताएको छ। पानीको गुणस्तर खस्किँदै गएपछि प्रयागराजका खोलाको पानी नुहाउन योग्य नभएको प्रतिवेदनमा उल्लेख छ । फेकल कोलिफर्म ब्याक्टेरिया मानिस र जनावरको दिसामा पाइन्छ र ढलको माध्यमबाट पानीमा प्रवेश गर्दछ।

प्रयागराजमा अहिले पनि कुम्भ मेला चलिरहेको छ । हरेक दिन लाखौं मानिस प्रयागराज पुगेर डुब्न थालेका छन् । यस्तो अवस्थामा गंगा र यमुनाको पानीमा फेकल ब्याक्टेरियाको वृद्धिले भक्तहरूको स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार सीपीसीबीले नदी फेकल कोलिफर्म ब्याक्टेरियाले अत्यधिक दूषित भएको बताएको छ। यसको मुख्य कारण ढलको पानी प्रशोधन नहुनु हो ।

यस्ता छन् फिकल ब्याक्टेरियासँग सम्पर्कबाट स्वास्थ्यमा पर्ने जोखिमहरू:

  • आन्द्रा सम्बन्धी संक्रमणहरू: ई. कोलाई र साल्मोनेलाजस्ता रोगजन्य जीवाणुहरूको कारण पाचन प्रणालीमा संक्रमण भई पखाला, बान्ता, र पेट दुख्ने समस्या हुन सक्छ।
  • छाला र आँखा संक्रमणहरू: प्रदूषित पानीसँग सम्पर्क हुँदा छालामा र्‍याश, आँखा चिलाउने, र फंगल संक्रमणहरू हुन सक्छन्।
  • टाइफाइड ज्वरो: साल्मोनेलाटाइफी जीवाणुबाट सर्ने यो गम्भीर ज्वरो प्रदूषित पानी पिउँदा वा त्यससँग सम्पर्क हुँदा हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक