२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किर्गिस्तानमाथि म्यानमारको सहज जित

२०८१, ८ फाल्गुन बिहीबार १६:२१

काठमाडौँ | नेपालमा जारी चार देशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा म्यानमारले लगातार दोस्रो खेलमा जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो।

म्यानमारले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा एक गोल गर्न सफल भयो। म्यानमारको जितमा यून वादी र मे हचटेटले दुई-दुई गोल गरे।

खेलमा सुरुवातबाटै हावी भएको म्यानमारका लागि वादीले खेलको दोस्रो मिनेटमै टीमका लागि अग्रता दिलाएकी थिइन्। उनले ४१ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।

त्यस्तै, मेले ३८ र ४९ मिनेटमा गोल गर्दा सनदर लिनले ३० औँ मिनेटमा गोल गरेकी थिइन्। यसअघि पहिलो खेलमा म्यानमारले लेवनानमाथि ३-१ गोलको जित निकालेको थियो। किर्गिस्तान भने नेपालसँग १-० ले पराजित भएको थियो।

च्याम्पियनसिपमा आज साँझ ६ बजे नेपालले लेवनानसँग खेल्दै छ। पहिलो खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले हराएको नेपाल लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ।

म्यानमारसँग हारेसँगै किर्गिस्तान भने प्रतियोगितामा अन्तिम खेल बाँकी हुँदै बाहिरियो। आजको खेलपछि फागुन ११ मा लिग चरणको अन्तिम खेल हुनेछन्। लिग चरणको अन्तिम खेलमा किर्गिस्तान र लेवनान तथा नेपाल र म्यानमार भिड्ने छन्।

लिग चरणको शीर्ष दुई टोलीबीच फागुन १४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी