2026-09-08 09:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाइल्यान्ड र म्यानमारको जागिरको लोभमा नपर्न सरकारको आग्रह

काठमाडौँ | परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमार यात्रासम्बन्धी चेतावनी (ट्राभल एडभाइजरी)जारी गरेको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी थाइल्यान्ड र म्यानमार जान लागेका नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो।

यी मुलुकहरूमा देखिएको मानव बेचबिखन, ठगी तथा अन्य आपराधिक गतिविधिहरूका कारण नेपाली नागरिकहरू जोखिममा परिरहेको भन्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन पनि भनेको छ।

मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीमा विशेष गरी सूचना प्रविधि (आईटी) क्षेत्रका आकर्षक रोजगारीका अवसरको लोभमा नेपालीहरू फस्ने गरेका घटनाहरू उल्लेख छन्। थाइल्यान्ड र म्यानमारमा उच्च तलब र सुविधा भएको भन्दै नेपाली युवाहरूलाई गलत तरिकाले फसाइने गरेको र उनीहरूलाई शोषणमा पारिएको सूचना पाइएको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय थाइल्यान्ड हुँदै म्यानमारको जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती लगिएको नेपालीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।

नेपालीमाथि अमानवीय शोषणमा पारिएको, शारीरिक तथा मानसिक यातना भोग्नु परेको तथा बन्धक बनाइएका घटनाहरू सार्वजनिक भइरहेका छन्।

मन्त्रालयले आकर्षक जागिर, राम्रो तलब तथा सुविधाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। त्यस्तै अवैध रूपमा यात्रा नगर्न तथा ठगी वा मानव बेचबिखनमा संलग्न गिरोहबाट बच्न पनि मन्त्रालयले सुझाव दिएको छ।

कुनै पनि शंकास्पद रोजगार प्रस्ताव स्वीकार गर्नुअघि परराष्ट्र मन्त्रालय वा नेपाली दूतावाससँग सम्पर्क राख्न पनि मन्त्रालयले भनेको छ।

सरकारले यस विषयमा थप जानकारी तथा सहायता आवश्यक परे नजिकको नेपाली दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित