२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखा बसपार्क हटाएर सभाहल बनाइँदै

१० श्रावण २०७४, मंगलवार ११:२६

साउन १०, गोरखा । सदरमुकाममा बसपार्क हटाएर सोही ठाउँमा पार्किङसहितको सुविधा सम्पन्न नगर सभाहल निर्माण प्रक्रियण अघि बढाइएको छ ।

जग्गा अभावका कारण विगत एक दसकदेखि वर्षेनी बजेट फिर्ता हुँदै आएकामा यस वर्ष जग्गाको खोजी गरी सभाहल निर्माण प्रक्रिया थालिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले जानकारी दिए ।

सभाहलको लागत रु ४२ करोड रहेको छ । करिब ७५० जना अट्ने सभाहल रहेको भवनमा २५० जना अट्ने अर्को सभाहल पनि निर्माण गरिने उनले बताए । गत असार २७ गते बोलपत्र आह्वाान गरेर सभाहल निर्माण प्रक्रिया अघि बढाइएको हो । सभाहलभित्रै सवारी पार्किङको समेत व्यवस्था गरिनेछ ।

नयाँ बसपार्कमा सभाहल बनाउने गरी प्रक्रिया अघि बढाएपछि बसपार्कलाई डण्डीडाँडामा सार्ने गृहकार्य थालिएको छ । दुईवटा उद्यानसहित बसपार्क निर्माण गर्न विस्तृत अध्ययन गरिएको श्रेष्ठले बताए । 

सभाहल नहुँदा चलचित्रहल तथा कबर्डहलमा कार्यक्रम गर्नुपर्ने बाध्यता छ । आगामी तीन वर्षभित्र सभाहल निर्माण हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य