2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखा बसपार्क हटाएर सभाहल बनाइँदै

साउन १०, गोरखा । सदरमुकाममा बसपार्क हटाएर सोही ठाउँमा पार्किङसहितको सुविधा सम्पन्न नगर सभाहल निर्माण प्रक्रियण अघि बढाइएको छ ।

जग्गा अभावका कारण विगत एक दसकदेखि वर्षेनी बजेट फिर्ता हुँदै आएकामा यस वर्ष जग्गाको खोजी गरी सभाहल निर्माण प्रक्रिया थालिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले जानकारी दिए ।

सभाहलको लागत रु ४२ करोड रहेको छ । करिब ७५० जना अट्ने सभाहल रहेको भवनमा २५० जना अट्ने अर्को सभाहल पनि निर्माण गरिने उनले बताए । गत असार २७ गते बोलपत्र आह्वाान गरेर सभाहल निर्माण प्रक्रिया अघि बढाइएको हो । सभाहलभित्रै सवारी पार्किङको समेत व्यवस्था गरिनेछ ।

नयाँ बसपार्कमा सभाहल बनाउने गरी प्रक्रिया अघि बढाएपछि बसपार्कलाई डण्डीडाँडामा सार्ने गृहकार्य थालिएको छ । दुईवटा उद्यानसहित बसपार्क निर्माण गर्न विस्तृत अध्ययन गरिएको श्रेष्ठले बताए । 

सभाहल नहुँदा चलचित्रहल तथा कबर्डहलमा कार्यक्रम गर्नुपर्ने बाध्यता छ । आगामी तीन वर्षभित्र सभाहल निर्माण हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता