१८ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल

९ फाल्गुन २०८१, शुक्रबार १६:२५

काठमाडौँ | इजरायलले बिहीबार गाजाबाट फिर्ता गरिएका ४ बन्धकका शवमध्ये एउटा हमासले बताएअनुसार शिरी बिबासको नभएको शुक्रबार बताएको छ। बिहीबार हमासले गाजामा बन्धक बनाएर राखिएका ४ जनाको शव रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको थियो।

त्यसमा तीन शव शिरी बिबास र उनका दुई छोराको भनिएको थियो। तर दुई अवशेष शिरीका छोराहरू एरियल र कफिरको भएको पुष्टि भए पनि अर्को शव उनीहरूका आमा शिरीको नभएको इजरायली सेनाले बताएको हो।

सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन्, ‘अनुसन्धान प्रक्रियाका क्रममा हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।’

तर यस विषयमा हमासले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। ७ अक्टोबर २०२३ मा हमासले शिरी बिबासलाई उनका दुई छोरा एरियल र काफिरसँगै बन्धक बनाएको थियो।

बीबीसीका अनुसार बन्धक बनाउँदा शिरी लगभग ३२ वर्षकी थिइन् भने एरियल ४ वर्ष र काफिर ९ महिनाका थिए। जनवरी १९ देखि युद्धविराम भएयता हमासले बिहीबार मृत बन्धकहरू फिर्ता गरेको यो पहिलोपटक हो।

यसअघि हमासले ६ खेप गरेर जीवित २४ बन्धक रिहा गरेको थियो। सट्टामा इजरायलले ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ। तर हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई अझै रिहा गरिएको छैन। उनी जीवितै रहेको विश्वासमा सकुशल रिहाइका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु  रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब भारत पुगे राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, प्रहरी परिचालन गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको प्रश्न : तपाईंहरू तोडफोड नगरी,मान्छे नमारी आएको हो ? कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित) पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली पूर्वराजालाई दिएको सबै सुविधा खोसौँ: योगेश भट्टराई कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍योः कांग्रेस महामन्त्री शर्मा १९ वर्षीया गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, हत्या गरी डोजरले खाल्डो खनी गाडेपछी.. पूर्वराजामाथि कारबाही हुनुपर्छ, हुन्छ: प्रधानमन्त्री ओली ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन एमालेको माग