६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर

१५ फाल्गुन २०८१, बिहीबार १२:५३

काठमाडौँ | अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीलाई प्रहरीले मुद्दा दायर गरेको छ। मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो। २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान सुरु गरेको छ। फयाल र तामाङलाई सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनिसोटामा अध्ययनरत एक विद्यार्थीलाई बलात्कार गरेको अभियोग लागेको छ। उनीहरू सोही कलेजमा अध्ययन गर्दै आएपनि अगस्तदेखि डिसेम्बरसम्मको सेमेष्टरमा भर्ना लिएको तर, उनीहरू गत विन्टर ब्रेकपछि कलेजमा नआएको कलेज प्रशासनले जानकारी गराएको छ।

मिनिसोटाको सेन्ट क्लाउड फस्ट एभिन्यू साउथमा रहेको छात्रावासको कोठामा गत नोमेम्भर १ मा महिलामाथि यौन दुर्व्यवहार भएको थियो। ती महिलाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। यौन दुर्व्यवहारको शिकार भएकी महिलाले गरेको उजुरीको आधारमा शंकाष्पद रुपमा फयाल र तामाङलाई प्रहरीले सोधपुछ गरेको थियो।

प्रहरीले आफूसँगको सुरुवाति सोधपुछमा उनीहरूले घटनामा आफूहरू संलग्नता नरहेको बयान दिएपनि अनुसन्धानको क्रममा घटना घटेको समयमा उनीहरूको त्यहाँ उपस्थितिदेखि पीडितको स्वास्थ्य परीक्षणका क्रममा डीएनए सेम्पल म्याच भएको प्रहरीले जनाएको छ। साथै घटना घटेलगत्तै फयालले पीडित विद्यार्थीलाई इन्ष्टाग्राममा रिक्वेष्टसहित उनको स्वास्थ्य अवस्थाबारे चासो राखेर म्यासेज पठाएको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या