२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिजेल र मट्टितेलको मूल्य घटयो, हेर्नुहोस मुल्य सूची

१७ फाल्गुन २०८१, शनिबार ०८:५७

काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरि डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट फेब्रुअरी २८, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा आधारित रहेर निगम सञ्चालक समितिको बैठकले घटाउने निर्णय गरेको हो ।

आईओसीबाट प्राप्त मूल्य अनुसार डिजेल र मट्टितेलको खरिद मूल्यमा प्रतिलिटर ०.९० रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ०.४२ रुपैयाँले कम भएको छ । यस्तै, पेट्रोलको खरिद मूल्य प्रतिलिटर ०.५० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६.२७ रुपैयाँले बढेको छ ।

सोही अनुसार निगमले पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेल १५२.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५४ र तेस्रो वर्गका स्थानमा १५५ रुपैयाँ पर्नेछ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यद्यपि, पेट्रोल, काठमाडौँको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार, मूल्य समायोजन भारतबाट प्राप्त नयाँ खरिद मूल्यलाई आधार बनाएर गरिएको हो | भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावलाई ध्यानमा राख्दै नेपाली बजारमा पनि समयानुकूल मूल्य समायोजन गर्ने नीति अवलम्बन गर्दै आएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा