२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिजेल र मट्टितेलको मूल्य घटयो, हेर्नुहोस मुल्य सूची

२०८१, १७ फाल्गुन शनिबार ०८:५७

काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरि डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट फेब्रुअरी २८, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा आधारित रहेर निगम सञ्चालक समितिको बैठकले घटाउने निर्णय गरेको हो ।

आईओसीबाट प्राप्त मूल्य अनुसार डिजेल र मट्टितेलको खरिद मूल्यमा प्रतिलिटर ०.९० रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ०.४२ रुपैयाँले कम भएको छ । यस्तै, पेट्रोलको खरिद मूल्य प्रतिलिटर ०.५० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६.२७ रुपैयाँले बढेको छ ।

सोही अनुसार निगमले पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेल १५२.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५४ र तेस्रो वर्गका स्थानमा १५५ रुपैयाँ पर्नेछ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यद्यपि, पेट्रोल, काठमाडौँको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार, मूल्य समायोजन भारतबाट प्राप्त नयाँ खरिद मूल्यलाई आधार बनाएर गरिएको हो | भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावलाई ध्यानमा राख्दै नेपाली बजारमा पनि समयानुकूल मूल्य समायोजन गर्ने नीति अवलम्बन गर्दै आएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट