२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व फुटबलका लिजेन्ड बुफोन भन्छन् – ‘नेपाल पनि विश्वकप खेल्न सक्छ तर….’

२०८१, १८ फाल्गुन आईतवार १७:५३

काठमाडौँ | इटालीका महान गोलकिपर जियानलुगी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेल्न सक्ने बताएका छन्। केपी ओली कपको फाइनल हेर्न नेपाल आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेहनत र लगानी पर्याप्त भए नेपालले विश्वकपमा स्थान बनाउन सक्ने धारणा व्यक्त गरे।

बुफोनले भने, “नेपालले पनि विश्वकप खेल्न सक्छ, तर यसको लागि धेरै मेहनत र लगानी आवश्यक छ।”

त्यस्तै, उनले आफ्नो लामो फुटबल करियरको श्रेय कडा मेहनतलाई दिएका छन्। “मलाई फुटबल अत्यन्तै मन पर्छ, त्यसैले निरन्तर मिहिनेत गरेँ,” उनले भने।

नेपाल आइपुगेका बुफोन सोमबार केपी ओली कपको फाइनल खेल अवलोकन गर्ने छन्। उनले भने, “फाइनलमा उत्कृष्ट प्रतिस्पर्धा हेर्न चाहन्छु।” उक्त खेल मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। उनी मंगलबार नेपालबाट फर्कने कार्यक्रम छ। यस यात्रामा उनी श्रीमती इलारिया डी’ अमिको र आफ्ना म्यानेजरसहित आएका छन्।

बुफोन विश्व फुटबलका महानतम गोलकिपरमध्ये एक मानिन्छन्। आफ्नो व्यावसायिक फुटबल करियरमा उनले १,१०० भन्दा बढी खेल खेलेका छन्। उनी विशेषगरी इटालियन सिरी ‘ए’ लिगमा आफ्नो उत्कृष्ट गोलकिपिङ प्रदर्शनका लागि चर्चित छन्।

उनले सन् १९९५ मा पार्मा क्लबबाट सिरी ‘ए’ मा डेब्यु गरे र आफ्नो सिनियर करियरको अन्त्य पनि पार्माबाटै गरे। सन् २०२१ देखि २०२३ सम्म ४३ खेल खेलेका उनले क्लब करियरमा ७५४ खेल खेले।

अन्तर्राष्ट्रिय फुटबलमा उनले सन् १९९३ मा इटालीको यू-१६ टिमबाट डेब्यु गरे। उनले सन् १९९८, २००२, २००६, २०१०, र २०१४ को विश्वकपमा इटालीको प्रतिनिधित्व गरे। सन् २००६ को विश्वकपमा इटालीलाई विजेता बनाउन उनको गोलकिपिङ प्रदर्शन निर्णायक रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो