२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व फुटबलका लिजेन्ड बुफोन भन्छन् – ‘नेपाल पनि विश्वकप खेल्न सक्छ तर….’

१८ फाल्गुन २०८१, आईतवार १७:५३

काठमाडौँ | इटालीका महान गोलकिपर जियानलुगी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेल्न सक्ने बताएका छन्। केपी ओली कपको फाइनल हेर्न नेपाल आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेहनत र लगानी पर्याप्त भए नेपालले विश्वकपमा स्थान बनाउन सक्ने धारणा व्यक्त गरे।

बुफोनले भने, “नेपालले पनि विश्वकप खेल्न सक्छ, तर यसको लागि धेरै मेहनत र लगानी आवश्यक छ।”

त्यस्तै, उनले आफ्नो लामो फुटबल करियरको श्रेय कडा मेहनतलाई दिएका छन्। “मलाई फुटबल अत्यन्तै मन पर्छ, त्यसैले निरन्तर मिहिनेत गरेँ,” उनले भने।

नेपाल आइपुगेका बुफोन सोमबार केपी ओली कपको फाइनल खेल अवलोकन गर्ने छन्। उनले भने, “फाइनलमा उत्कृष्ट प्रतिस्पर्धा हेर्न चाहन्छु।” उक्त खेल मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। उनी मंगलबार नेपालबाट फर्कने कार्यक्रम छ। यस यात्रामा उनी श्रीमती इलारिया डी’ अमिको र आफ्ना म्यानेजरसहित आएका छन्।

बुफोन विश्व फुटबलका महानतम गोलकिपरमध्ये एक मानिन्छन्। आफ्नो व्यावसायिक फुटबल करियरमा उनले १,१०० भन्दा बढी खेल खेलेका छन्। उनी विशेषगरी इटालियन सिरी ‘ए’ लिगमा आफ्नो उत्कृष्ट गोलकिपिङ प्रदर्शनका लागि चर्चित छन्।

उनले सन् १९९५ मा पार्मा क्लबबाट सिरी ‘ए’ मा डेब्यु गरे र आफ्नो सिनियर करियरको अन्त्य पनि पार्माबाटै गरे। सन् २०२१ देखि २०२३ सम्म ४३ खेल खेलेका उनले क्लब करियरमा ७५४ खेल खेले।

अन्तर्राष्ट्रिय फुटबलमा उनले सन् १९९३ मा इटालीको यू-१६ टिमबाट डेब्यु गरे। उनले सन् १९९८, २००२, २००६, २०१०, र २०१४ को विश्वकपमा इटालीको प्रतिनिधित्व गरे। सन् २००६ को विश्वकपमा इटालीलाई विजेता बनाउन उनको गोलकिपिङ प्रदर्शन निर्णायक रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य