२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

२०८१, २२ फाल्गुन बिहीबार ११:३०

काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको भाउ बढेको छ । तीन दिनयता सुनचाँदीको भाउ लगातार बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीनसय रुपैयाँ बढेर एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला नौसय रुपैयाँ बढेर एक लाख ७० हजार चारसय रुपैयाँ कायम भएको थियो ।

मंगलबार पनि सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो । विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ । यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो । आज चाँदीको भाउ पनि उकालो लागेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक हजार नौसय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो