Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासलाई ट्रम्पको चेतावनी : बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनु

२०८१, २२ फाल्गुन बिहीबार १३:३७

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिएका छन्। उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिएका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भनेका छन्, ‘सही निर्णय लिनुहोस्। बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ!’

उनले भनेका छन्, ‘गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईं बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन।’

सोही पोस्टमा अमेरिकी नेताले हमासलाई भनेका छन्, ‘सबै बन्धक र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरून्तै अहिले नै फिर्ता गर्नुहोस्। यो तपाईंको लागि अन्तिम चेतावनी हो! हमाससँग तपाईंसँग अझै पनि अवसर छ त्यो हो यसले अब गाजा छोड्ने समय आएको छ।’

उनले अगाडि लेखेका छन्, ‘म इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, यदि तपाईंले मैले भनेजस्तो गर्नु भएन भने हमासका कुनै पनि सदस्य सुरक्षित हुने छैनन्।’

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेका मध्ये पाँच जना अमेरिकी पनि रहेको विश्वास गरिएको छ। तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एडान अलेक्जेन्डर जीवितै रहेको बताइएको छ।

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि इजरायली बन्धकहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि युद्धविरामको पहिलो चरण गत सप्ताहन्तमा समाप्त भएको थियो।

इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

–अमेरिकासँग प्रत्यक्ष वार्ता–

हमासका अधिकारीहरूले बुधबार गाजामा बन्धक बनाइएका व्यक्तिलाई मुक्त गर्ने सम्बन्धमा अमेरिकी दूतसँग प्रत्यक्ष वार्ता गरेको बताएका छन्।

‘हमास र विभिन्न अमेरिकी सञ्चार च्यानलबीच धेरै पटक कुराकानी भएको र पछिल्लो पटक इजरायलका लागि अमेरिकी राजदूतसँग वार्ता भएको छ र अमेरिकी नागरिकता लिएका इजरायली जीवित र मृतक दुवै कैदीको विषयमा छलफल भएको छ,’ हमासका एक अधिकारीले नाम नबताउने सर्तमा भने।

हमासका अन्य वरिष्ठ अधिकारीले ‘हालैका दिनमा दोहामा हमास र अमेरिकी अधिकारीबीच दुई पटक प्रत्यक्ष बैठक भएको’ पुष्टि गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली