२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र युक्रेनबीच अर्को हप्ता वार्ता हुन्छ : जेलेन्स्की

२०८१, २३ फाल्गुन शुक्रबार ११:५९

काठमाडौँ | अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग बार्ता हुने जानकारी दिएका हुन् । जेलेन्स्कीले यो वार्ता महत्वपूर्ण हुने आशा व्यक्त गरेका छन् । जेलेन्स्कीले आफुले भने यी वार्ताहरूमा भाग लिने छैनन् ।

उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्तिको मोडलमा छलफल गर्न चाहेको बताएका छन् । गत शुक्रबार, ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसको क्रममा ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको बताएका थिए ।

यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ र गुप्तचर जानकारी साझा गर्न पनि बन्द गरेको छ । युक्रेनी राष्ट्रपतिले घटनाप्रति दुःख व्यक्त गरेका छन् र देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । बिहीबार, विटकफले ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’ सहितको पत्र प्राप्त गरेको बताए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो