२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल, कप्तान इन्दुले लिइन् व्यक्तिगत दोस्रो र टिमलाई तेस्रो सफलता

२५ फाल्गुन २०८१, आईतवार १३:४७

काठमाडौँ | युगान्डाविरुद्ध बलिङमा उत्रिएको नेपालले तीन विकेट झारेको छ। नेपालको सफलतामा कप्तान इन्दु बर्माले १०.३ मा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो सफलता दिलाइन्। यसअघि आठ ओभरको तेस्रो बलमा विकेट लिएकी थिइन्। यसअघि पूजा महतोले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर नेपाललाई सफलता दिलाएकी थिइन्।

युगान्डामा जारी चारदेशीय महिला टी-२० कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलको रुपमा युगान्डासँग खेलिरहेको हो।  खेलमा नेपालले टस  जितेर बलिङ रोजेको छ। अहिले युगान्डा ११ ओभरमा ३ विकेट गुमाउँदै ३३ रन बनाएर खेलिरहेको छ।

यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भयो। इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।

आज युगान्डासँग खेलिरहेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य