2026-08-20 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल, कप्तान इन्दुले लिइन् व्यक्तिगत दोस्रो र टिमलाई तेस्रो सफलता

काठमाडौँ | युगान्डाविरुद्ध बलिङमा उत्रिएको नेपालले तीन विकेट झारेको छ। नेपालको सफलतामा कप्तान इन्दु बर्माले १०.३ मा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो सफलता दिलाइन्। यसअघि आठ ओभरको तेस्रो बलमा विकेट लिएकी थिइन्। यसअघि पूजा महतोले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर नेपाललाई सफलता दिलाएकी थिइन्।

युगान्डामा जारी चारदेशीय महिला टी-२० कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलको रुपमा युगान्डासँग खेलिरहेको हो।  खेलमा नेपालले टस  जितेर बलिङ रोजेको छ। अहिले युगान्डा ११ ओभरमा ३ विकेट गुमाउँदै ३३ रन बनाएर खेलिरहेको छ।

यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भयो। इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।

आज युगान्डासँग खेलिरहेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध