2026-07-25 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको पोस्टर बोक्ने राणा भारतमा, दिए यस्तो प्रतिक्रिया

काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा गत आइतबार  भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा गोरखपुर पुगेका छन् ।

उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको बताएका छन् । आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको उनको भनाइ छ ।

गोरखपुर पुगेका नेपाली नागरिक प्रदीप विक्रम राणाले दैनिक भास्करमा पनि अन्तर्वार्ता दिदै भनेका छन् , “मैले नेपालमा राजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर लहराएँ। त्यसपछि नेपाल सरकार र प्रहरीले मलाई षड्यन्त्रकारी ठहर्यायो। आफ्नो ज्यान जोगाउन नेपाल छोडेर गोरखपुर आउनुपर्‍यो।”

५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर आइपुगेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । उनले भनेका छन्, ‘भारत सरकार र योगीजीसँग मिलेर  मलाई नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’

गत आइतबार राजा ज्ञानेन्द्र शाह नेपाल फर्किएको अवसरमा हजारौं जनताले एयरपोर्टमा स्वागत गरेका थिए। त्यस क्रममा राणाले राजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको संयुक्त पोस्टर देखाएका थिए। उनले भनेका छन्, “योगीजीले हिन्दू धर्म र हिन्दुत्वको संरक्षणका लागि लड्दै आउनुभएको छ। म उहाँलाई विश्वभरिका हिन्दूहरूको नेता मान्छु। धार्मिक रूपमा पनि म उहाँलाई धेरै सम्मान गर्छु।”

राणाले आफुले कहिल्यै योगी आदित्यनाथलाई नभेटेका बताएका  छन् र  भारतका कुनै नेता वा अधिकारीसँग सम्पर्कमा समेत नरहेको बताएका  छन्। उनले भनेका छन्, “म कुनै नेताबाट पैसा लिएको छैन, यस्तो कुरा सपना मै पनि सोचेको छैन। म आफ्नो राजा ज्ञानेन्द्र शाह र योगीजीको सम्मान गर्छु। मेरो अपराध भनेको यही हो कि म नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन चाहन्छु।”

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्समा राणालाई उद्धृत गर्दै भनिएको छ, “मेरो छोरी पाइलट छ, छोरा डाक्टर छ। पिताजी सेना सेवामा हुनुहुन्थ्यो। हाम्रो परिवार आर्थिक र सामाजिक रूपमा सक्षम छ। म लुकिछिपी भारत आएँ। नेपालमा पुनः राजतन्त्र ल्याउने र हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मेरो संघर्ष जीवनभर जारी रहनेछ। मलाई कसैले उचालेको छैन, न त प्रायोजित भएको छु। मसँग पैसा र स्रोतसाधनको कमी छैन। जबसम्म नेपालमा अहिलेको सरकार परिवर्तन हुँदैन, तबसम्म म नेपाल फर्किने छैन।”

उनी विसं २०७३ मा भएको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा पराजित भएका थिए । यसपछि उनी राप्रपामा सक्रिय छैनन् । राणाले फेसबुकमा भने आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्री भएको दाबी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक