2026-07-25 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ?

काठमाडौँ | रुस र युक्रेनबीचको तीन वर्षदेखि जारी युद्धको अस्थायी अन्त्यको लागि तयार पारिएको सम्झौतालाई अब रुसले अड्को थापेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्धविराम सम्झौताका लागि अमेरिकासमक्ष दुई सर्त राखेका छन् ।

रिपोर्टका अनुसार रुसले युक्रेनसँग युद्धविराम सम्झौतामा सहमत हुनुअघि आफ्ना दुई सर्तहरू पूरा गर्न चाहेको छ । उसको पहिलो सर्त युक्रेनलाई नेटोको सदस्य बन्नबाट रोक्नु हो । दोस्रो सर्त चाँहि क्रिमिया र युक्रेनका अन्य चार क्षेत्रहरूमा रुसको कब्जालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु हो ।


तर, रुसले यी मागहरू अमेरिका र नेटो समक्ष पहिले पनि धेरै पटक उठाएको थियो । आफ्नो एक टुक्रा भूमि पनि रुसलाई दिन्न भनेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्दै आएका छन् । यस्तो जेलेन्स्कीले अब के गर्लान् भन्ने धेरै चासो भएको छ । जेलेन्स्की युद्धविरामको पक्षमा छन् । तर पुटिनको अडान उनका लागि समस्या बन्ने देखिएको छ ।

यसअघि साउदी अरबमा युद्धविरामको विषयमा युक्रेन र अमेरिकाबीच सहमति भएको थियो । यसपछि अमेरिकाले रुसलाई ३० दिने युद्धविरामको योजना पठायो । तर पुटिनको ढिलासुस्तीलाई ध्यानमा राख्दै राष्ट्रपति ट्रम्पले उनलाई स्पष्ट चेतावनी नै दिएका थिए ।

रुस युद्धविराममा सहमत हुने आशा आफूले गरेको ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए । अमेरिकी प्रतिनिधिहरू रुस जान लागेको पनि उनले बताएका थिए । युक्रेनसँग रुसको ३० दिने युद्धविराम सम्झौता पुटिनलाई पठाइएको छ । रुसले युक्रेन विरुद्ध युद्ध जारी राख्यो भने गम्भीर परिणाम भोग्नुपर्ने भन्दै ट्रम्पले पुटिनलाई पहिले नै चेतावनी दिएका थिए ।

यसको आर्थिक परिणाम उसले भोग्नुपर्ने हुन सक्छ । यो रुसको लागि विनाशकारी हुने भन्दै ट्रम्पले आफ्नो उद्देश्य शान्ति ल्याउनु भएको भनेका थिए । यसअघि साउदी अरेबको जेद्दामा अमेरिका र युक्रेनका प्रतिनिधिहरूबीच ३० दिनको युद्धविराममा सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक