३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको आदेशमा अमेरिकाले गर्‍यो यमनमा आक्रमण

३ चैत्र २०८१, आईतवार १३:४२

काठमाडौँ | राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणको आदेश दिएका छन् । ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूले महत्वपूर्ण समुद्री करिडोरमा जहाजहरूमाथि लगातार आक्रमण गरेपछि अब निर्णायक कारवाही गर्न आदेश दिएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रा बहादुर लडाकुहरूले हाल अमेरिकी जहाज, वायु र नौसेना सम्पत्तिको सुरक्षा गर्न र नेभिगेसनको स्वतन्त्रता पुनस्र्थापित गर्न आतंकवादी लक्ष्यहरू, नेताहरू र मिसाइल प्रतिरक्षाहरूविरुद्ध हवाई आक्रमण गरिरहेका छन् ।’ ट्रम्पले इरानलाई विद्रोही समूहलाई समर्थन गर्न बन्द गर्न चेतावनी पनि दिएका छन् । शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताएका छन्।

‘हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्रसले लेखेको छ । यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको न्युयोर्क टाइम्सले जनाएको छ ।

आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन् । सदामा ६ जनाको मृत्यु भएको हुथीको अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । हुथी विद्रोहीहरूले शनिबार साँझ आफ्नो क्षेत्रमा श्रृंखलाबद्ध विस्फोट भएको बताएका छन् । अनलाइन प्रसारित तस्बिरहरूमा साना विमानस्थल परिसरमाथि कालो धुवाँको मुस्लो उठिरहेको देखिएको छ, जसमा एक विशाल सैन्य क्याम्प पनि समावेश छ ।

इजरायलले गाजामा लगाएको नाकाबन्दीको प्रतिक्रियामा यमनको तटीय पानीमा यात्रा गर्ने इजरायली जहाजहरूमाथि आक्रमण पुनः सुरु गर्ने हुथी विद्रोहीहरूले बताएको केही दिनपछि नै अमेरिकाले हवाई आक्रमण शुरु गरेको हो । संयुक्त राज्य अमेरिका, इजरायल र बेलायतले यसअघि यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा आक्रमण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन