2026-07-24 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट

वासिङ्टन डीसी । अमेरिकाले २ सय भन्दा बढी आपराधिक गिरोहका सदस्यहरूलाई एल साल्भाडोर देशमा डिपोर्ट गरेको छ। यसमा २३८ जना भेनेजुयलाको कुख्यात गिरोह ‘ ट्रेन डे आरग्वा’ का सदस्यहरू रहेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो गिरोहलाई “आक्रमणको योजना बनाएको” भन्दै आतंकवादी संगठनको रूपमा घोषणा गरेका थिए।

ह्वाइटहाउस र अदालतबिच पछिल्लो समय टकराव भइरहँदा एक जना सङ्घीय न्यायाधीशले शनिवार साँझ शताब्दीऔँ  पुरानो विदेशी शत्रु ऐनलाई प्रयोग गर्न सक्ने  प्रशासनको क्षमतामा रोक लगाएका थिए । त्यस्ता आप्रवासी बोकेर गएको विमानलाई अमेरिका फर्काउन मौखिक आदेश पनि दिइएको थियो ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा ‘उप्स…. अब त ढिला भइसक्यो,’ लेख्दै अमेरिकी अदालतले रोक लगाएको आदेश ढिला आएको बताउँदै भिडियो सार्वजनिक गरे, जहाँ हात र खुट्टा बाँधिएका मानिसहरूलाई सुरक्षाकर्मीहरूले विमानबाट झारिरहेको देख्न सकिन्छ।

अमेरिकी जिल्ला न्यायाधीश जेम्स बोआसवर्गले ट्रम्प प्रशासनको आदेशलाई रोक लगाउँदै १४ दिनका लागि डिपोर्टेसन स्थगित गर्न आदेश दिएका थिए। तर, उक्त आदेश आउनुअघि नै विमानहरू उडिसकेको भन्दै ट्रम्प प्रशासनले अदालतको आदेश उल्लङ्घन नगरिएको बताएको छ।

भेनेजुयलाले अमेरिकी कदमको कडा आलोचना गर्दै “यो कदमले भेनेजुयली प्रवासीहरूलाई अन्यायपूर्वक अपराधीकरण गरेको” आरोप लगाएको छ। यसैबीच, एम्नेस्टी इन्टरनेसनलले पनि अमेरिकी प्रशासनको कदमलाई “जातीय भेदभावपूर्ण” भन्दै आलोचना गरेको छ।

डिपोर्ट गरिएका व्यक्तिहरूलाई एल साल्भाडोरको कुख्यात ‘Terrorism Confinement Center (Cecot)’ मा राखिएको छ। यो जेल ४०,००० कैदी राख्न सक्ने क्षमता भएको बताइएको छ। मानव अधिकारवादी समूहहरूले भने उक्त जेलमा कैदीहरूमाथि दमन र अमानवीय व्यवहार गरिएको आरोप लगाएका छन्।

यो घटनाले अमेरिका र एल साल्भाडोरबीचको कूटनीतिक सम्बन्धलाई बलियो बनाएको देखिएको छ, जसअनुसार एल साल्भाडोरले अमेरिकी डिपोर्टहरूलाई स्वीकार गर्दै आफ्नो जेल प्रणाली विस्तार गर्ने योजना अघि बढाएको छ।

अमेरिकामा गैरकानुनी आप्रवासन रोक्ने अभियानलाई ट्रम्प प्रशासनले कडा रूपमा अघि बढाइरहेको छ, जसअन्तर्गत ‘‘ट्रेन डे आरग्वा ’ र ‘एमएस–१३ ’ लाई विदेशी आतंकवादी संगठनको रूपमा सूचीकृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक