२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तान सुपर लिग त्यागेर आइपिएल टिम मुम्बई रोज्दा दक्षिण अफ्रिकी खेलाडी कानुनी झमेलामा

४ चैत्र २०८१, सोमबार १७:०५

काठमाडौँ | पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इन्डियन प्रिमियर लिग (आइपिएल) टिममा आबद्ध भएका दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसमाथि कानुनी नोटिस जारी भएको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले कोर्बिनमाथि कानुनी नोटिस जारी गर्ने निर्णय गरेको हो। उनलाई पिएसएल टोलीसँगको सम्झौताअनुसारको दायित्व पूरा नगरेको आरोप लगाइएको छ।

सिजन २०२५ को पिएसएल र आइपिएल एकै समयमा हुँदैछ। आइपिएल मार्च २२ देखि मे २५ सम्म हुँदैछ भने पिएसएल अप्रिल ११ देखि मे १८ सम्म हुँदैछ।

त्यसअघि गत जनावरीमा पिएसएलको ड्राफ्ट भएको थियो। उक्त ड्राफ्टमार्फत् दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसलाई पिएसएल टिम पेशावर जल्मीले डायमन्ड श्रेणीबाट भित्र्याएको थियो।

तर गत मार्च ८ मा उनी आइपिएल टोली मुम्बई इन्डियन्समा आबद्ध भएको सार्वजनिक भएको थियो। उनलाई मुम्बईले लिजाद विलियम्स घाइते भएपछि उनको स्थानमा टोलीमा भित्र्याएको घोषणा गरेको थियो।

यसरी पिएसएल छाडेर आइपिएल आएपछि पिएसएलका फ्रेञ्चाइज टोलीहरुले चिन्ता प्रकट गरेका थिए। भविष्यमा पिएसएल छाडेर आइपिएल आउने क्रम रोकियोस् भनेर बोसविरूद्ध पिसिबीले नोटिस जारी गरेको बतााइएको छ। उनलाई नोटिस जारी गर्नुअघि एक लिग छाडेर अर्को लिग जाने खेलाडीलाई पूर्ण प्रतिबन्ध लगाउने विषयमा टिमहरुबीच अनौपचारिक छलफल भएको छ।

पिसिबीको एक विज्ञप्तिमा भनिएको छ, ‘कानुनी नोटिस उनको एजेन्टमार्फत पठाइएको थियो। उनको व्यावसायिक र सम्झौता प्रतिबद्धताहरूबाट पछि हट्ने कार्यको औचित्यबारे जवाफ दिन भनिएको छ। निर्धारित समय सीमाभित्र उनको प्रतिक्रियाको अपेक्षा गरिएको छ। पीसीबीले यस विषयमा थप कुनै टिप्पणी गर्ने छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता