५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिका बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

७ चैत्र २०८१, बिहीबार १२:५१

काठमाडौँ  | जिल्ला प्रहरी परिसर ललितका एक जना थुनुवा फरार भएका छन्। प्रेमिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेर सातदोबाटोको हिरासतमा रहेका अछाम घर भएका दीपक साउद बुधबार पाटन अस्पतालबाट फरार भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

उनलाई उपचारका लागि अस्पताल लगिएको र शौचालय जानका लागि हतकडी खोल्दा फरार भएको एसएसपी अधिकारीले बताए।

साउदविरुद्ध उनीसँगै लिभिङ टुगेदरमा बसेकी प्रेमिकाले नै बलात्कारको आरोपमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। ती प्रेमिकाबाट बच्चा पनि जन्मिसकेको प्रहरीले जनाएको छ।

तर पछिल्लो समय आफूलाई बेवास्ता गरेर अर्कै युवतीसँग समय बिताउन थालेको भन्दै उनले बलात्कारको आरोपमा जाहेरी दिएको प्रहरीको भनाइ छ। फरार साउदको खोजी भइरहेको एसएसपी अधिकारीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी