२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि…

२०८१, ८ चैत्र शुक्रबार १३:३८

एजेन्सी | भारतमा एक युवकले युट्युबको ट्युटोरियल भिडिओ हेरेर आफैले आफ्नो पेटको शल्यक्रिया गरेको घटना सार्वजनिक भएको छ।

भारतको उत्तरप्रदेशस्थित मथुराका ३२ वर्षीय राजा बाबु नाम गरेका एक युवकले युट्युब भिडिओ हेरेर आफ्नो पेटको शल्यक्रिया आफै गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इन्डिया टुडेका अनुसार वाणिज्यशास्त्रमा स्नातक गरेका ती युवक केही महिनायता पेटको समस्याबाट पीडित थिए।

अत्यधिक पेट दुख्ने समस्या भएपछि उनी डाक्टरलाई देखाउन पनि गएका थिए। तर उनको रोग नै पत्ता नलागेपछि घरमै आराम गरिरहेका थिए।

दुखाइ बढ्दै गएको अवस्था र रोग पनि पत्ता नलागेपछि उनले युट्युबमा पेटको शल्यक्रियासम्बन्धी ट्युटोरियल भिडिओ हेरेर समस्या थाहा पाउन आफै शल्यक्रिया गरेर हेर्ने निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्।

त्यसपछि उनले सर्जिकल ब्लेड, लठ्याउने सुई र टाँका लगाउने धागोलगायत आवश्यक सामग्रीहरू औषधी पसलबाट किनेर ल्याएका थिए।

ती सामानहरू किनेपछि बुधबार कोठाभित्र बसेर उनले युट्युब भिडिओमा सिकाएअनुसार गरी आफ्नै पेट काटेका थिए।

भारतीय अनलाइन पोर्टल द वीकका अनुसार राजाबाबुले आफ्नो पेट सात इन्च काटेपछि टाँका लगाएका थिए। पेट काटेपछि के गरे भन्ने विषय चाहीँ नखुलेको वीकले जनाएको छ।

केही बेरमा लठ्याउने औषधीले काम गर्न छाडेपछि अहस्य भएर उनी कोठाभित्रै चिच्याएका थिए। त्यसपछि घरमा रहेका परिवारका अन्य सदस्यले राजाबाबुलाई गम्भीर अवस्थामा जिल्ला अस्पताल पुर्‍याएका थिए।

अस्पतालले संक्रमण फैलिसकेको हुनसक्ने बताएर प्राथमिक उपचारपश्चात एसएन मेडिकल कलेज आग्रा रेफर गरेको थियो।

बिरामीले आफ्नो पेट आफै काटेको घटना सुनेपछि डाक्टरहरू चकित भएको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मेडिकल कलेजमा अहिले उनको उपचार भइरहेको छ। उनको स्वास्थ्यमा पनि सुधार भइरहेको डाक्टरहरूलाई उद्धृत गर्दै  द वीकले लेखेको छ। उपचारपछि उनी अहिले सामान्य बोल्न सक्ने भएका छन्।

डाक्टरहरूले आफैले पेट काट्नुको कारण सोध्दा उनले धेरै डाक्टरहरूलाई देखाउँदा पनि उपचार नभएको र दुखाई बढ्दै गएपछि आफैले पेट काटेर हेरेको बताएका छन्। इन्डिया टुडेका अनुसार १८ वर्षअघि राजाबाबुका एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड