१८ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तमिम इकबाललाई हृदयघात

११ चैत्र २०८१, सोमबार १५:४०

काठमाडौँ  | बङ्गलादेशका पूर्वएकदिवसीय क्रिकेट कप्तान तमिम इकबाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमिमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका समय हृदयघात भएको हो ।

टसपछि उनले छाती दुखेको गुनासो गरेको र मैदानमा प्रारम्भिक उपचारपछि तत्काल नजिकैको अस्पतालमा लगिएको थियो ।

‘उनलाई हृदयाघात भएको हो । मलाई अहिलेसम्म जानकारी भएअनुसार उनको मुटुले राम्रोसँग काम गर्न थालिसकेको छ,’ बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का मेडिकल अफिसर देबाशीष चौधरीले एएफपीसँग भने ।

टोलीका एक अधिकारी तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार तमिमको ढाकाको बाहिरी इलाकामा रहेको सावरको एक अस्पतालमा उपचार भइरहेको छ ।

बिसिबीले तमिम अचानक बिरामी भएपछि आफ्नो निर्धारित बोर्ड बैठक स्थगित गरेको थियो । बोर्डका धेरै सदस्य उनलाई भेट्न अस्पताल गएका थिए ।​

तमिमले सन् २००७ देखि २०२३ को बीचमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै ३९१ म्याच खेले । उनले हालसम्म १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

तमिम तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक प्रहार गर्ने एक मात्र बङ्गलादेशी क्रिकेटर हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री म हिन्दूराष्ट्रको पक्षमा छुः शशांक कोइराला त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु  रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब भारत पुगे राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, प्रहरी परिचालन गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको प्रश्न : तपाईंहरू तोडफोड नगरी,मान्छे नमारी आएको हो ? कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित) पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली पूर्वराजालाई दिएको सबै सुविधा खोसौँ: योगेश भट्टराई कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍योः कांग्रेस महामन्त्री शर्मा १९ वर्षीया गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, हत्या गरी डोजरले खाल्डो खनी गाडेपछी..