साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भई"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलको फोरजी सेवा अब १७ शहरमा, ३० दिनसम्म गीतहरु सुन्न तथा डाउनलोड गर्न निःशुल्क

१७ श्रावण २०७४, मंगलवार ०३:२३

साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भईसकेका छन् । 

एनसेलले आजैदेखि विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा फोरजी सेवा सुरु गरेको हो । एनसेलले फोरजी सेवा सुरु गरेपछि अब सेवाग्राहीहरुले आजै देखि पछिल्लो पुस्ताको द्रुत गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् । 

फोरजी सुचारू गर्न ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो कि होइन भन्ने बारेमा जानकारी लिन सक्ने एनसेलले जनाएको छ । तोकिएका सहरमा फोरजी सेवा सुचारु नभएमा सेवाग्राहीहरुले आफुलाई पायक पर्ने एनसेल सेन्टरमा गई यो सेवा सुचारु गर्न वा नचल्ने सिमनै साट्न सक्ने एनसेलले बताएको छ । यसअघि एनसेलले फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोटसहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध गराएको थियो । 

त्यस्तै फोरजी सेवा चलाउने ग्राहकले *324# डायल गरी ३० दिनसम्म योण्डर म्युजिक एपमा निःशुल्क गीत अनलाइन सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो