2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोजर लिएर हाकिमकै घर भत्काउन पुगे कर्मचारी, बालेनको बिरोध (भिडियो सहित)

अनिल अधिकारी । काठमाडौँ । उपत्यका विकास प्राधिकरणले काठमाडौँको नयाँ बानेश्वर स्थित आफ्नै हाकिमको घरमा डोजर चलाएको छ । डोजर लिएर आफ्नै हाकिमको घर भत्काउन जिल्ला आयुक्त सुवास बस्नेत सहित कर्मचारीको टोली पुगेका हुन् ।

डोजर चलेको घरका घर-धनी उपत्यका विकास प्राधिकरणकै नायब बिकास आयुक्त तथा सह-सचिव नवराज प्याकुरेल हुन् । यानेकि भत्काउन जाने कर्मचारीकै हाकिम हुन् । प्याकुरेल विकास प्राधिकरणका (जिएलडी) बाटो बिस्तारका संयोजक समेत हुन् । आफै जिएलडीको संयोजक भएर आफ्नै घर मापदण्ड बिपरित हुँदा, त्यो पनि जिएलडीको पहिलो घर भएको नाताले प्राधिकरणकै हाकिमले नछाडे अरुले पनि नछाड्ने भन्दै उजुरीहरु परेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

जिएलडीको मापदण्ड अनुसार प्याकुरेलको घरको दायाँतर्फ ८ मिटरको बाटो हुनुपर्ने हुन्छ तर प्याकुरेलकै योजनामा ६ मिटर सडक मात्र पिच गर्न लगाएर आफ्नो घर जोगाएको आरोप लगाइएको छ । आफ्नो घर जोगाउने उदेश्यले सहसचिव प्याकुरेलले पछिल्लो समय प्राधिकरणमा गर्नैपर्ने कामहरु समेत ठप्प पारेर नियमित काममा तदारुकता नदेखाएको आरोप छ । जिएलडीको संयोजक प्याकुरेललाई पटक-पटक मापदण्ड बाहिरको घर भत्काउन आग्रह गर्दा पनि नमानेपछि प्राधिकरणका कर्मचारीहरु डोजरनै लिएर हाकिमको घर भत्काउन पुगेका हुन् ।

आफ्नै हाकिमको कारण प्राधिकरणले आलोचना खेपिरहेको एक कर्मचारीले बताए । सडकको मुखैमा हाकिमको घर छ । जिएलडी मापदण्ड अनुसार ८ मिटर चौडा हुनुपर्ने तर हाकिमकै घरको दायाँतर्फ ६ मिटर चौडा बनाइएको छ । उनकै प्रभावको कारण त्यहाँको बाटो ८ मिटर कायम हुन नसकेको बताइएको छ ।

लामो समयको ताकेतापछि पनि अटेरी हाकिमले प्राधिकरणका केहि कर्मचारीहरुलाईनै उचालेर तालाबन्दी गर्ने काम गरेको समेत आरोप छ । प्याकुरेल माथि ऐनलाई कमजोर बनाउने खेलमा समेत लागेको, मापदण्ड बिपरितका संरचना भत्काउने कार्यविधि अनुसार कार्य योजनामा अबरोध पुर्याएको आरोप लगाइएको छ । उनले स्वार्थ समूहको प्रभावमा परेर अबैध प्लटिङहरुले प्राधिकरणबाट स्वीकृत लिनुपर्नेमा चासो दिन छाडेकोर प्राधिकरणको जिम्मेवार अधिकारी भएर पनि अरुलाई दिनुपर्ने मुआब्जा वितरणमा चासो नदिएको आरोप लगाइएको छ । प्याकुरेलले आफ्नो घर भत्काउन नचाहने तर कयौंको घर भत्किदा मुआब्जा दिन चासो देखाएका छैनन् ।

मापदण्ड बिपरित भएको घरको विषयमा सहसचिव प्याकुरेलले ६ मिटरको मापदण्ड अनुसारनै पीच भएको बताए । उनले आफ्नो घर जिएलडी मापदण्ड लाग्नुभन्दा अघिनै बनेको भन्दै सबैले ८ मिटर कायम गर्ने सहमति भए आफूले पनि मान्न तयार भएको बताए ।

काठमाडौँ उपत्यका प्राधिकरणका अनुसार ८ सयु १५ घरलाई क्षेतिपूर्ति दिन बाँकी छ । कयौंको घर पहिलेनै भत्काइएको छ । धेरै घर बिहिन भएका छन् तर यी हाकिमले चासो नदेखाएको कारण उनीहरुले मुआब्जा पाउन नसकेको बताइएको छ ।

बिहिबार आफ्नै हाकिमको घर भत्काउन डोजर लिएर गएको उपत्यका विकास प्राधिकरणको टोलीलाई माहानगर पालिकाले पठाएको सम्झिएर सोहि घरमा भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीले अवरोध सृजना गरे । अवरोध मात्र गरेनन्, उनले बुझ्दै नबुझी बालेन बिरुद्ध नाराबाजी समेत गरे । केहिबेर स्थिति असामान्य बनेको थियो ।

पुरा भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई