2026-07-28 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२५ को पहिलो सूर्यग्रहण भोलि, नेपालबाट देखिन्छ ?  

काठमाडौँ | सन् २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यो खण्डग्रास सूर्यग्रहण हो । यो सूर्यग्रहण नेपालमा भने लाग्नेछैन ।

नेपाली समयअनुसार शनिबार (भोलि) दिउँसो २ बजेर ३५ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण साँझ ६ बजेर २८ मिनेटमा सकिनेछ ।

“यो खण्डग्रास सूर्यग्रहण हो । नेपालमा लाग्ने छैन । नेपालबाट देखिने पनि छैन,” नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले  भने, “अहिले प्रविधिको समय भएकाले क्यामेराबाट खिचेर लाइभ गर्ने भएकाले नेपालबाट हेर्न सकिए पनि नेपाली भूभागबाट भने देखिने छैन ।”

भारतबाट पनि यो सूर्यग्रहण देखिने छैन । अध्यक्ष भट्टराईका अनुसार युरोप, नर्थ एसियामा रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने देख्न सकिनेछ । क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट देख्न सकिनेछ ।

“नेपालमा नलाग्ने भएकाले सांस्कृतिक र धार्मिकरूपमा पनि यसको केही प्रभाव पर्ने छैन,” अध्यक्ष भट्टराईले भने, “नेपालबाट नदेखिने भएपछि सूर्यग्रहण लाग्दा गर्न हुने र नहुने केही कुरा गर्नु पनि पर्दैन ।”

कसरी हुन्छ, के हो सूर्यग्रहण ?
चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण देखिन्छ । पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अध्याँरो वा अन्धकार हुन्छ, यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु