३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमायो

७ बैशाख २०८२, आईतवार १४:१९

काठमाडौँ | वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । बैङ्कहरूले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस्तो देखिएको हो ।गत चैत मसान्तसम्म आइपुग्दा बैङ्कहरूको नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १.४ प्रतिशत मात्रै धेरै हो । जबकि, गत आवको सो अवधिमा बैङ्कहरूले ४० अर्ब ६८ करोड ३० लाख बढी खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा ११ वटा बैङ्कको नाफा मात्रै वृद्धि भएको छ भने ९ वटाको नाफामा गिरावट देखिन्छ । सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैङ्क नै छ । बैङ्कले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा भने बैङ्कले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । सर्वाधिक नाफा कमाउने दोस्रो बैङ्कको सूचीमा एनआइएमबि रहेको छ । बैङ्कले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफामा धेरैजसो दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई भने तेस्रो सूचीमा पुगेको छ । समीक्षा अवधिमा ग्लोबलले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यता, चौथो सूचीमा रहेको एभरेस्टले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने ३२.५५ प्रतिशत धेरै हो । नाफा वृद्धिदरमा पनि नेपाल बैङ्क, एनआइएमबि, ग्लोबल, एभरेस्ट, माछापुच्छ्रे शीर्ष सूचीमा छन् । समीक्षा अवधिमा माछापुच्छ्रेले नाफा २८.८९ प्रतिशत, सानिमाले १४.८ प्रतिशत, एनएमबिले ५.८७ प्रतिशत, प्रभुले ३.५१ प्रतिशत, नेपाल एसबिआईले ३.३६ प्रतिशत, लक्ष्मी सनराइजले २.२४ प्रतिशत बढाएका छन् ।

नाफा घटेका नौ बैङ्क
समीक्षा अवधिमा एनआइसी एशियासहित ९ वटा बैङ्कको नाफामा भने गिरावट आएको छ । बैङ्कको नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा समिति भएको छ । जबकि, गत वर्षको सो अवधिमा भने १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, हिमालयन बैङ्कको नाफामा पनि ७४.३३ प्रतिशत, कुमारीको ७२.८१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ४९.२८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा यी बैङ्कहरूले क्रमशः ५० करोड, २८ करोड ५८ लाख, १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन् । यता, प्राइम बैङ्कको नाफामा पनि २२.५६ प्रतिशत, सिटिजनको २०.५९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ११.१७ प्रतिशत, कृषि विकासको १०.१७ प्रतिशत र सिद्धार्थको ०.९४ प्रतिशत गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली