साउन २४, काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औषधिले असर गर्दा बालिकाको मृत्यु भएपछि अस्पतालले तिर्यो पाँच लाख

२४ श्रावण २०७४, मंगलवार १३:०९


साउन २४, काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ । 

सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पु¥याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए । 

सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न समस्या देखिएपछि पुनः २३ गते बेलुका ५ बजे अस्पताल पु¥याइएकी बालिकाको साँझ ७ बजेतिर मृत्यु भएको थियो । 

बिरामीको मृत्यु भएपछि परिवारले आज बिहानैबाट अस्पताल बाहिर नाराबाजी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । बिरामीका ठूलो बुबा रवि बस्नेतले अस्पतालले गलत औषधि दिएकाले मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । 

अस्पताल र बिरामीका आफन्तबीच भएको सहमतिअनुसार रु पाँच लाख क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गर्ने सहमति भएको छ । अस्पतालका प्रशासन प्रबन्धक डा प्रकाश भट्टराईले औषधिले असर देखाउनासाथ अस्पताल नल्याउँदा बिरामीलाई बचाउन नसकिएको बताउनुभयो । 

डा भट्टाराईका अनुसार बिरामीले औषधि प्रयोग गर्दा कुनै असर देखिएमा ढिला नगरिकन सो औषधि नखाई तुरुन्त चिकित्सककोमा जानुपर्छ, अन्यथा औषधिको असर बढ्दै जाँदा बिरामीको ज्यानै जान सक्छ, उक्त समयमा चिकित्सकले मात्र केही गर्नसक्ने अवस्था रहन्न । 

सोमबार नै बिहान झापाबाट उपचारका लागि भर्ना भएका चारवर्षे बालक आरुष सुवेदीलाई म्याद सकिएको औषधि दिएको पाइएपछि औषधि व्यवस्था विभागले उक्त अस्पतालको औषधालय सिलबन्दी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते