खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहर"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पटक-पटक विद्युत अबरुद्ध हुने सल्यानमा कर्मचारीको लापरवाही

२६ श्रावण २०७४, बिहीबार ०७:३२


खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहरुले त्यहाँ सामान्य कर्मचारी बाहेक अरु कसैलाई पनि भेटाएनन् । 

जनताले तिरेको करले तलब खाने कार्यालयकै जिम्मेवार कर्मचारी लापत्ता हुनुले कार्यालयकै बेज्जत भएको बुझिन्छ । कुनै पनि सरकारी अफिसमा प्रमुख व्यक्ति नहुदा निमिक्त राख्ने गरिन्छ तर विद्युत शाखा सल्यानमा भने कुनै निमित्त पनि भेटीएनन् । 

हेड नेटवर्क सल्यानको अगुवाईमा त्यहाँ पुगेका विभिन्न व्यक्तिहरुले सल्यानमा किन विद्युत अनियमिता हुन्छ, हाकिम कहाँ हुनुहुन्छ भन्दा राम बहादुर शाह नाम बताउने कर्मचारीले अस्पष्ट रुपमा जवाफ दिदै भने “हाकिम पनि यहाँ हुनुहुन्न् र निमित्त पनि कसैलाई न दिएकोले यस विषयमा हाकिम आएपछि मात्र सबै कुरा टुगो लाग्छ” । विद्युतमा फोन गरेर बुझ्न खोज्दा फोन पनि नउठ्नुको कारण पनि कार्यालयमा सुचना अधिकारी तोकेकोले समस्या भएको ति कर्मचारीले बताएका थिए । 

३३ केभी प्रशारण लाईनको काम चली रहेका ले विद्युत काट्नु परेको छ । काम सम्पन्न हुन अझै करिब दुई महिना जति लाग्ने र त्यसपछि मात्र विद्युत नियमित हुन सक्ने ति कर्मचारीले बताएका थिए । 

तर साझा सबाल अनलाइनले एक महिना अघि विद्युत प्राधिकरण शाखा कार्यालय सल्यानका प्रमुख दयाराम शाह संग कुराकानी गर्दा उनले १५ दिन भित्र समस्या समाप्त हुने बताएका थिए । अहिले एक महिना पुग्दा पनि सल्यानमा दैनिक आधा भन्दा बढी लोडसेडिङ हुने गरेको छ । 

यसरी दैनिक रुपमा सल्यानमा विद्युत अनियमिता हुदा जिल्ला स्थित संचारमाध्ययम, कार्यालय, उद्योग, सर्वसाधारण लगाएतका सेवाग्राही मारमा परेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु