३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरका बहुवर्षीय योजनाहरू अन्तिम चरणमा

१५ बैशाख २०८२, सोमबार १३:२८

काठमाडौँ |  बागमती प्रदेश सरकारद्वारा मकवानपुरमा सञ्चालित तीन वटा बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेको छ ।

हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको निर्माण काम सम्पन्न भएको छ । सभाहलको निर्माण काम सम्पन्न भएर हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुबोध अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सम्झौता भई निर्माण सुरू भएको प्रदेशसभा हलको काम गत वर्षको पुसमा सम्पन्न भइसकेको र छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेको प्रमुख अधिकारीले बताउनुभयो । “भवन निर्माण तथा रङरोगनको काम सकिएको छ”, प्रमुख अधिकारीले भन्नुभयो, “प्रदेशसभा हलमा हाल्नुपर्ने फर्निचर खरिदको प्रक्रियामा छ, फर्निचर हालिएसँगै प्रदेशसभा हल हस्तान्तरण हुन्छ ।”

भ्याटसहित कूल रू तीन करोड ५३ लाख ६१ हजार ५८३ को लागतमा सिउँडी निर्माण सेवा हेटौँडाले प्रदेशसभा हलको निर्माण गरेको हो । प्रदेशसभा सचिवालयको कार्यालय नजिकै निर्माण गरिएको प्रदेशसभा हलमा सभाहलसँगै सभामुख र उपसभामुखको कार्यकक्ष तथा पत्रकार र पर्यवेक्षकहरू बस्ने कक्षको निर्माण गरिएको छ ।

यस्तै हेटौँडा उपमहानगरपालिका–२ मा निर्माणाधीन बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम पनि अन्तिम चरणमा पुगेको छ । आव २०७७/७८ मा सम्झौता भई चालु आव २०८१/८१ मा सम्पन्न गर्नेगरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहको हालसम्म ९९ प्रतिशत काम सम्नन्न भइरहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ ।

भवन निर्माणको काम सम्पन्न भइसकेको र रङरोगनको काम अन्तिम चरणमा पुगेकोले यही २०८१ चैत महिनासम्ममा सम्पन्न हुने सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर अधिकारीले बताउनुभयो । उहाँका अनुसार संरक्षण/सेभ जेभी भरतपुरले भ्याटसहित रू पाँच करोड २६ लाख ८३ हजार ३५९ को लागतमा सो सभाहल निर्माणको काम गरिरहेको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित हेटौँडा अस्पताल भवनको काम पनि तीव्ररूपमा भइरहेको छ । सहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ । बिकोइ/नवसिर्जनशील जेभी काठमाडौँले ठेक्का पाएको अस्पताल भवन निर्माणको काम चाँडो सकिने गरी तीव्ररूपमा काम भइरहेको जनाएको छ ।

भ्याटसहित कूल रू २६ करोड ६४ लाख २५ हजार २८० को लागतमा निर्माण भइरहेको अस्पताल भवनको निर्माणको काम सम्पन्न गर्न २०८१ असार मसान्तसम्म समयावधि भए पनि यही २०८१ फागुन महिनाभित्र सम्पन्न गर्ने अनुमान गरिएको प्रमुख इ अधिकारीको भनाइ छ । अस्पतालले जग्गाको व्यवस्थापन नगर्दा अस्पताल भवन निर्माणमा केही ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली