साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको"/>

३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा शान्ति सम्मेलनको तयारी पूरा

२६ श्रावण २०७४, बिहीबार १०:२३


साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको आयोजना तथा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा  शान्ति र समृद्धि निर्माणका लागि युवा भन्ने अन्तर्राष्ट्रिय नाराका साथ राजधानीको बौद्धमा हुने शान्ती सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाए ।

२७ गते शुक्रबार विहान ९ बजेदेखी सुरु हुने उक्त सम्मेलनमा दिगो शान्तिका लागि मानव अधिकारको भुमिका , शान्ति स्थापनामा शैक्षिक युवाको सहभागिता, महिला हिंसा न्यूनीकरणमा चुनौती र सम्भावना, युवा अब राष्ट्रिय समृद्धितर्फ, शान्ति प्रक्रियामा राज्यको योगदान र आगामी कार्यदिशा, दिगो विकास र युवा लगाएत एजेन्डामा वहस हुने सम्मेलन संयोजक भिम लामा जानकारी दिएका छन ।

नेपाली युवाहरुविच सकारात्मक सोचको पैदा गराउन युवा नेतृत्व, क्षमता अभिवृद्धि तथा युवा भातृत्वको भावना स्थापित गराई समाज, राष्ट्रको विकास र परिवर्तनमा एउटै आवाज एउटै सहभागीताका लागि गर्न लागिएको शान्ति सम्मेलनमा विभिन्न जिल्ला, युवा संघसस्था र शैक्षिक सस्थाका विद्यार्थी गरि करीब २५० भन्दा बढीको सहभागी रहने संयोजक लामाले बताएका छन ।

सन १९९८ अगष्ट ८–१२ मा सम्पन्न युवा प्रति जवाफदेखि मन्त्रीहरुको विश्व सम्मेलनको प्रस्तावमा संयुक्त राष्ट्र संघको अनुमोदन गरेपछि हरेक वर्ष अगष्ट–१२ लाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाईदै आईएको छ । 

युवाहरुको साँस्कृतिक तथा कानुनी समस्याहरु प्रति ध्यान आकर्षित गरी त्यस्ता समस्याहरुको समाधान गर्नु यस दिवसको प्रमुख उद्देश्य हो । पहिलो अन्र्तराष्ट्रिय दिवस सन् २००० अगष्ट १२ मा मनाईएको थियो । सरकार तथा अन्य संघ–संस्थाहरुलाई युवाहरुको विषयमा ध्यान आकर्षित गराउने मौकाको रुपमा यस दिवसलाई लिईन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा शंखरापुरमा सवारी दुर्घटना: झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज? महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर