2026-09-08 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख

काठमाडौँ | सभामुख देवराज घिमिरेले पारदर्शी, उत्तरदायी र कानुनी शासनको निर्माणमा लेखापढी व्यवसायीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको नवौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले बुझिने भाषामा कानुनको व्याख्या गरी कामकाजमा सहजीकरण गर्ने कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

“नागरिक र सरकारी कार्यालयबीच सहजता कायम गर्न लेखापढी व्यवसायीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ”, सभामुख घिमिरेले भन्नुभयो, “जिल्ला प्रशासन, मालपोत तथा नापीजस्ता सरकारी कार्यालयमा विभिन्न प्रकारका कागजपत्र तयार गर्दा नागरिकलाई कानुनी प्रक्रिया, निवेदन लेखन, अभिलेख व्यवस्थापन जस्ता कार्यमा मार्गदर्शनसहित सहजीकरण गरी सेवाग्राहीलाई सहयोग गर्ने काममा लेखापढी व्यवसायी केन्द्रित हुन आवश्यक छ ।”

सभामुख घिमिरले भन्नुभयो, “सेवाग्राहीका निवेदन, लिखत तथा अन्य कागजात मस्यौदा गर्ने, घरसारका लिखत तयार गर्नेलगायत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै स्वरोजगारको बलियो माध्यम बनेको यो पेसाबाट धेरै व्यक्ति लाभान्वित भएका छन् । आमजनतासँग प्रत्यक्ष जोडिने यो पेसालाई आयआर्जनसहित अझ मर्यादित बनाउने जिम्मेवारी यहाँहरूको हो ।”

मालपोत तथा जग्गा नापजाँचसम्बन्धी ऐनमा व्यापक सुधारको आवश्यकता रहेको उहाँले बताउनुभयो । कृत्रिम बौद्धिकता (एआई)लगायत प्रविधिको विकाससँगै लेखापढी क्षेत्रमा पनि आवश्यक रूपान्तरणको खाँचो रहेको धारणा राख्दै उहाँले सूचना प्रविधिको प्रयोगले पेसागत सहजता हुनेभएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सभामुख घिमिरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने कार्यमा आमजनतासँग प्रत्यक्ष जोडिएर कामकाज गर्ने लेखापढी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रसङ्ग उल्लेख गर्दै जनताको विश्वास जित्नेगरी कानुनी राज्य र विधिको शासनका पक्षमा उभिन अनुरोध गर्नुभयो । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनअन्तर्गत करिब २२ हजार सदस्य रहेका छन् । सो महाधिवेशनमा एक हजार ३०० प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित