३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुमन र सम्पदा उत्कृष्ट खेलाडी

१९ बैशाख २०८२, शुक्रबार १४:५१

काठमाडौँ | काठमाडौँका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुषतर्फ तथा सम्पदा महिलातर्फ उत्कृष्ट खेलाडी बनेका हुन् ।

नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्तरुपमा आयोजित सो प्रतियोगिताको पुरुष ५०–५४ किलो तौल समूहमा सुमनले स्वर्ण पदक जितेका हुन् । यस्तै महिला ४०–४३ किलो तौल समूहतर्फ सम्पदाले स्वर्ण पदक जितेकी हुन् ।

यसैगरी पुरुष ४६–५० किलो तौल समूहमा करण ढोली, ५४–५८ किलो तौल समूहमा अर्पण लामा, ५८–६३ किलो तौल समूहमा सुझपकुमार यादव र ६३–६८ किलो तौल समूहमा आशिष भुजेलले स्वर्ण जिते ।

यस्तै महिला ४३–४६ किलो तौल समूहतर्फ सुप्रिमा बजगाईं, ४६–४९ किलो तौल समूहतर्फ रोजिना लामा, ४९–५३ किलो तौल समूहतर्फ प्रतिमा भुजेल र ५३–५८ किलो तौल समूहतर्फ मनीषा तामाङले स्वर्ण जिते ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा पुरुष÷महिलातर्फ गरी गरी २१० खेलाडीले प्रतिस्पर्धा गरेका तेक्वान्दो प्रशिक्षक रञ्जितबहादुर डङ्गौराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली