२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुमन र सम्पदा उत्कृष्ट खेलाडी

२०८२, १९ बैशाख शुक्रबार १४:५१

काठमाडौँ | काठमाडौँका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुषतर्फ तथा सम्पदा महिलातर्फ उत्कृष्ट खेलाडी बनेका हुन् ।

नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्तरुपमा आयोजित सो प्रतियोगिताको पुरुष ५०–५४ किलो तौल समूहमा सुमनले स्वर्ण पदक जितेका हुन् । यस्तै महिला ४०–४३ किलो तौल समूहतर्फ सम्पदाले स्वर्ण पदक जितेकी हुन् ।

यसैगरी पुरुष ४६–५० किलो तौल समूहमा करण ढोली, ५४–५८ किलो तौल समूहमा अर्पण लामा, ५८–६३ किलो तौल समूहमा सुझपकुमार यादव र ६३–६८ किलो तौल समूहमा आशिष भुजेलले स्वर्ण जिते ।

यस्तै महिला ४३–४६ किलो तौल समूहतर्फ सुप्रिमा बजगाईं, ४६–४९ किलो तौल समूहतर्फ रोजिना लामा, ४९–५३ किलो तौल समूहतर्फ प्रतिमा भुजेल र ५३–५८ किलो तौल समूहतर्फ मनीषा तामाङले स्वर्ण जिते ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा पुरुष÷महिलातर्फ गरी गरी २१० खेलाडीले प्रतिस्पर्धा गरेका तेक्वान्दो प्रशिक्षक रञ्जितबहादुर डङ्गौराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन