३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय महिला हक्कीको च्याम्पियन बन्यो आर्मी

२२ बैशाख २०८२, सोमबार १८:०८

काठमाडौँ | नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । सिङ्गल राउन्ड रोबिन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । चार टोली सहभागी प्रतियोगितामा अपराजित आर्मीले सर्वाधिक ९ अङ्क जोड्यो ।

च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा आज गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित ग¥यो । आर्मीका लागि दमरा भट्टले २ तथा सीतामाया बलले १ गोल गरे । दमरा फाइनलको ‘प्लेयर अफ दी म्याच’ बनिन् । गण्डकी २ मा जित र १ मा हार बेहोर्दै ६ अङ्कसाथ दोस्रो भयो ।

नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगितामा ३ अङ्कका साथ मधेश प्रदेश तेस्रो भयो । मधेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । सो टोलीकी भावाना राईले निर्णायक गोल गरिन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार हात पारे ।

आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन् भने मधेशकी खुश्बुकुमारी उदियमान खेलाडी बनिन् । गोलरक्षकमा अनिशा थापा मगर तथा डिफेन्समा सोनु बराल उत्कृष्ट ठहरिए । दुवै गण्डकीका हुन् । प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट पाँचैले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली