2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय महिला हक्कीको च्याम्पियन बन्यो आर्मी

काठमाडौँ | नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । सिङ्गल राउन्ड रोबिन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । चार टोली सहभागी प्रतियोगितामा अपराजित आर्मीले सर्वाधिक ९ अङ्क जोड्यो ।

च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा आज गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित ग¥यो । आर्मीका लागि दमरा भट्टले २ तथा सीतामाया बलले १ गोल गरे । दमरा फाइनलको ‘प्लेयर अफ दी म्याच’ बनिन् । गण्डकी २ मा जित र १ मा हार बेहोर्दै ६ अङ्कसाथ दोस्रो भयो ।

नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगितामा ३ अङ्कका साथ मधेश प्रदेश तेस्रो भयो । मधेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । सो टोलीकी भावाना राईले निर्णायक गोल गरिन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार हात पारे ।

आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन् भने मधेशकी खुश्बुकुमारी उदियमान खेलाडी बनिन् । गोलरक्षकमा अनिशा थापा मगर तथा डिफेन्समा सोनु बराल उत्कृष्ट ठहरिए । दुवै गण्डकीका हुन् । प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट पाँचैले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई