२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पार्टीभन्दा राष्ट्र राम्रो बनाउनु पहिलो कर्तव्य हो : सभापति देउवा

२३ बैशाख २०८२, मंगलवार १७:३९

काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक सम्वादमा सभापति देउवाले देशको अर्थतन्त्रको क्षेत्रमा उदारीकरणका विषयमा कांग्रेसको जीत भएको छ भन्दै दलगत स्वार्थभन्दा पनि बढी राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

“भारतमा उदारीकरणको नीति नहुँदा नेपालले सुरूवात गरेको हो, सरकारले व्यापार, उद्योग गर्ने हैन, हामी मात्रै हैनौँ, प्रचण्ड र ओलीजी पनि यही नीतिमा हुनुहुन्छ, सरकारले नागरिकको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो, सबै पार्टीहरू उदारीकरण आएका छन्, बेलायतमा अहिले पनि शिक्षा राज्यको नै दायित्व छ, शिक्षामा प्राइभेटले राम्रो त गरेको छ, तर सरकारीले काम गर्नै सकेको अवस्था छैन, दुवैलाई अगाडि बढाइरहेका छौँ”, सभापति देउवाले भन्नुभयो ।

सभापति देउवाले जलवायु परिवर्तनको विश्वव्यापी समस्याले हिमालहरू पग्लिएर कालापत्थरमा परिणत हुने अवस्था रहेको भन्दै वनजङ्गल बचाउन ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ग्लोबल वार्मिङको समस्याले धेरै असहज बनाएको छ, यसमा ध्यान दिनुपर्छ, शिक्षा, स्वास्थ्य एवं हवाई यातायातका क्षेत्रमा नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, समावेशी विकास र भेदभावको अन्त्य नेपाली कांग्रेसले नै गरेको हो ।”

राज्यको आवश्यकताअनुसार प्रतिफल दिने आयोजनामा मात्रै लगानी गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री देउवाले विदेशी अनुदान घट्दै गएको परिप्रेक्ष्यमा देशभित्रै लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आइटी क्षेत्रको विकासमा जोड दिनुपर्छ, युवावर्गलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुपर्छ ।” उहाँले कुनै पनि दलको बहुमत नभएको समानुपातिक समावेशी वर्तमान व्यवस्थामा गठबन्धन गर्नुपर्ने जरूरी छ भन्नुभयो ।

गभर्नर नियुक्तिका विषयमा भइरहेको ढिलाइका बारेमा सभापति देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले ढिलाइ भएको बताउनुभयो । “गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकरात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो,” उहाँले भन्नुभयो । उहाँले निजी क्षेत्रमा लगानी सहज बनाउन संसद्बाट पाँच वटा विद्येयक पारित भएको छ भन्दै लगानी गर्न सहज बनाउनेगरी बजेट आउने विश्वास दिलाउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री महेश आचार्यले राज्य नियन्त्रित अर्थव्यवस्था हुनुहुँदैन भन्दै कांग्रेसले खुला र प्रतिस्पर्धी अर्थतन्त्रमा जोड दिनुपर्ने बताउनुभयो । सार्वजनिक संस्थानमा सरकारबाट प्रवाह हुने लगानीअनुसार प्रतिफल हासिल हुन नसक्दा नकारात्मक असर परिरहेको भन्दै यसलाई ध्यान दिँदै निजीकरणतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं आर्थिक नीति तथा योजना विभागका प्रमुख प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीतिका बारेमा जानकारी गराउँदै अर्थतन्त्रका मुख्य समस्या र समाधानका लागि अवलम्बन गर्नुपर्ने कार्यहरूका विषयमा जानकारी गराउनुभएको थियोे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक स्थिरता आउन नसकेको बताउनुभयो । उहाँले खुला बजार अर्थतन्त्रलाई प्रोत्साहन गर्दै आन्तरिक उत्पादनलाई निर्यात गर्न जोड दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग परिसङ्घको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डेले आगामी बजेटमा कर प्रणालीको सुधार गर्नुपर्ने, कर सङ्कलन एउटै प्रणालीबाट हुनुपर्ने, दोहोरो करको व्यवस्थालाई हटाइनुपर्नेमा जोड दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन, प्रकृतिक सम्पदाहरूको राम्रोसँग उपयोग गर्न ध्यान दिनेगरी बजेट आउनुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका प्राध्यापक डाक्टर सञ्जय आचार्यले गैरकृषि क्षेत्रको आर्थिक बृद्धिदर कम भएको, सम्भावना भएको क्षेत्रमा लगानी प्रवाह नभएकाले नेपालले यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय सरकारको राजश्व परिचालनले नियमित खर्च मात्रै धान्ने अवस्था रहेकाले विकास र पूर्वाधार खर्चका लागि ऋण र अनुदानमा भर पर्नुपर्ने अवस्थाले लगानी प्रतिफलमुखी हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली