साउन ३०, गोरखा । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । 

एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, गोरखा । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । 

एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखाका पाँच जनामा स्वाइनफ्लु पुष्टि

३० श्रावण २०७४, सोमबार ०५:५१


साउन ३०, गोरखा । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । 

एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो । 

परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइनफ्लु लागेको पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार एक सयजनाको हाराहारीमा रुघाखोकीलगायत समस्या लामो समयसम्म देखिएपछि परीक्षण गर्दा स्वाइनफ्लुको भाइरस एचवानएवान देखिएको हो । 

को–को बिरामी परेका हुन् भन्नेबारे जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । बिरामी पाँचै जना राजधानीका अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् । प्रायः सुँगुर, बंगुरबाट मान्छेमा स्वाइनफ्लु सर्ने गर्छ । तर मान्छेबाट मान्छेमा स्वाइनफ्लु सरेको भन्दै जनस्वास्थ्य कार्यालयले सिजनल फ्लु भएकाले डराउनु नपर्ने तर सचेत हुनुपर्ने बताएको छ । 

स्वाइनफ्लुबाट विदेशमा जस्तो खतरा नेपालमा नरहेको बताउँदै दानीले सिजनल फ्लुबाट गाँखुमा सयजना भन्दा बढी बिरामी रहेको जानकारी दिनुभयो । उनीहरूको उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । 

बिरामीमा रुघाखोकी लाग्ने, घाँटी खुख्ने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षणहरू देखापरेका छन् । गाँखुमा एक साताअघि घरपालुवा पक्षी (परेवा, कुखुरा) पनि मरेको थियो । गोरखामा स्वाइनफ्लुका बिरामी देखिएको यो पहिलो पटक हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु