३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘अपरेसन सिन्दूर एक निरन्तर अपरेसन हो’,भारतका संसदीय मामिला मन्त्री किरण रिजिजु

२५ बैशाख २०८२, बिहीबार १४:२८

काठमाडौँ । भारतका संसदीय मामिला मन्त्री किरण रिजिजुले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी रहेको बताएका छन्। बिहीबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा बसेको सर्वदलीय बैठकपछि मन्त्री रिजिजुले अपरेसन सिन्दूर निरन्तर चलिरहने अपरेसन भएको प्रतिक्रिया दिएका हुन्। बैठक सकेर बाहिरिएपछि मन्त्री रिजिजुले भनेका छन्, ‘अपरेसन सिन्दूर एक निरन्तर अपरेसन हो।’

उनले रक्षामन्त्री सिंहको अध्यक्षतामा भएको सर्वदलीय बैठक राम्रोसँग सम्पन्न भएको जानकारी दिँदै बैठकमा सबैले गम्भीरतापूर्वक आ-आफ्नो विचार राखेको बताए।
उनले भनेका छन्, ‘सबैभन्दा पहिले रक्षामन्त्रीले अपरेसन सिन्दूरबारे सबै नेताहरूलाई जानकारी गराउनुभयो। उहाँले उनीहरूलाई सम्पूर्ण परिस्थिति र सरकारको मनसायबारे बताउनुभयो विभिन्न दलका नेताहरूले पनि आफ्ना विचार राखे र केही सुझाव दिए।’

किरण रिजिजुले सबै नेताले भारतीय सेनाको हरेक कार्यमा समर्थन रहेको बताएको दाबी गरेका छन्। अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमलामा २६ जना मारिएपछि भारतले यसमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै मंगलबार राति अपरेसन सिन्दूर भन्दै पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको थियो।

जसमा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।जवाफमा बुधबार बिहान पाकिस्तानले पनि कश्मीर क्षेत्रमा गरेको गोलाबारी गरेको र १५ जनाको मृत्यु तथा ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ। जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली