२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६१.२५ अंकले बढेको सेयर बजार साताको अन्तिम दिनमा दोहोरो अंकको गिरावट

२५ बैशाख २०८२, बिहीबार १६:०९

काठमाडौँ ।  साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो । बुधबार ६१.२५ अंकले बढेको बजारमा दोस्रो दिन नै ‘करेक्सन’ देखिएको हो । बुधबार उपसूचकतर्फ मिश्रित नतिजा देखिएको छ ।

वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसमा ४.१६ प्रतिशतको वृद्धि भएको छ । होटल र पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचअल फन्ड उपसूचकको मूल्य बढ्दा अन्य उपसमूहको मूल्य भने घटेको छ । बिहीबार कुल ३ सय १५ धितोपत्रको १ लाख ३ हजार ३ सय १९ कारोबारबाट ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम भने ११ अर्ब ६५ करोड १७ हजार ८ सय ५१ रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन बुधबार कारोबार रकम १० अर्ब ५१ करोड बराबर भएको थियो ।

आज बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यी कम्पनीको मूल्य क्रमशः २२३४.२० र २८४७ रुपैयाँ पुगेको छ । यसबाहेक छ्याङ्दी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स, आईसीएफसी फाइनान्सको मूल्य पनि धेरैले बढेको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकताले गुमाए । यस धितोपत्रको मूल्य ४.१५ प्रतिशतले घटेको छ ।

यसबाहेक ग्रिन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, बुटवल पावर कम्पनीको मूल्य समेत धेरैले घटेको छ । बिहीबार ङ्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली