2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६१.२५ अंकले बढेको सेयर बजार साताको अन्तिम दिनमा दोहोरो अंकको गिरावट

काठमाडौँ ।  साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो । बुधबार ६१.२५ अंकले बढेको बजारमा दोस्रो दिन नै ‘करेक्सन’ देखिएको हो । बुधबार उपसूचकतर्फ मिश्रित नतिजा देखिएको छ ।

वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसमा ४.१६ प्रतिशतको वृद्धि भएको छ । होटल र पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचअल फन्ड उपसूचकको मूल्य बढ्दा अन्य उपसमूहको मूल्य भने घटेको छ । बिहीबार कुल ३ सय १५ धितोपत्रको १ लाख ३ हजार ३ सय १९ कारोबारबाट ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम भने ११ अर्ब ६५ करोड १७ हजार ८ सय ५१ रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन बुधबार कारोबार रकम १० अर्ब ५१ करोड बराबर भएको थियो ।

आज बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यी कम्पनीको मूल्य क्रमशः २२३४.२० र २८४७ रुपैयाँ पुगेको छ । यसबाहेक छ्याङ्दी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स, आईसीएफसी फाइनान्सको मूल्य पनि धेरैले बढेको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकताले गुमाए । यस धितोपत्रको मूल्य ४.१५ प्रतिशतले घटेको छ ।

यसबाहेक ग्रिन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, बुटवल पावर कम्पनीको मूल्य समेत धेरैले घटेको छ । बिहीबार ङ्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा