२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दीर्घकालीन र बलियो शान्तितर्फ अघि बढ्न, ‘हामी गम्भीर वार्ता चाहन्छौँ’: रुसी राष्ट्रपति पुटिन

२८ बैशाख २०८२, आईतवार ११:१२

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘सिधा वार्ता’ को प्रस्ताव गरेका छन् । उनले मे १५ भन्दा अघि नै कुनै ढिलाइ बिनै वार्ता सुरु गर्नुपर्ने बताएका हुन् ।
‘हामी गम्भीर वार्ता चाहन्छौँ यो द्वन्द्वको जरो कारण हटाउन र दीर्घकालीन र बलियो शान्तितर्फ अघि बढ्न,’ शनिबार राति क्रेम्लिनबाट दुर्लभ टेलिभिजन सम्बोधनमार्फत पुटिनले भने ।

सम्बोधनको केही घण्टाअघि मात्र बेलायती प्रधानमन्त्री कर स्टार्मर, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँलगायत युरोपिन नेताहरू युक्रेन पुगेर रुसलाई ३० दिने सर्तरहित युद्धविरामका लागि आह्वान गरेका थिए । यसको प्रतिक्रियामा क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे ‘सोच्नुपर्ने’ बताउँदै ‘दबाब सिर्जना गर्नु भने बेकार’ भएको चेतावनी दिएका थिए ।

आफ्नो सम्बोधनमा पुटिनले युक्रेनसँगको वार्ता टर्कीको सबैभन्दा ठुलो सहर इस्तानबुलमा गर्न प्रस्ताव पनि गरे । उनले यो वार्ताले रुस र युक्रेनले ‘नयाँ युद्धविराम’ मा सम्झौता हुनसक्ने सम्भावना व्यक्त गरे । यसबारे टर्कीका राष्ट्रपति रेसेप तैयक एर्डोगानसँग आइतबार छलफल गर्ने पनि पुटिनले जानकारी दिए । यता, कीभले पुटिनको प्रस्तावबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । पुटिनले यसअघि मस्कोले राखेको युद्धविरामका विभिन्न प्रस्तावहरूलाई युक्रेनले जवाफ नदिएको आरोपसमेत लगाएका छन्, जसमा ३० दिनसम्म ऊर्जाका पूर्वाधारमा कुनै हमला नगर्ने र गत महिनाको इस्टर युद्धविराम सामेल छन् ।

तीन वर्षअघि रुसले युक्रेनमा ‘विशेष सैन्य अभियान’ सुरु गरेको थियो । अभियान सुरु भएलगत्तै दुई देशबिच प्रत्यक्ष वार्ता पनि भएको थियो । तर, त्यस यता दुई देशबिच कुनै प्रत्यक्ष छलफल भएको छैन । बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली